शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडाका प्रधानमन्त्रीकी श्रीमती कोरोनाभाइरसको संक्रमणबाट मुक्त

आइतबार, १६ चैत २०७६, १० : २०
आइतबार, १६ चैत २०७६

क्यानडाका प्रधानमन्त्रीकी श्रीमती कोरोनाभाइरस संक्रमणबाट मुक्त भएकी छिन् ।

सोसल मिडियामा जारी गरिएको बयानमा प्रधानमन्त्री पत्नी सोफी ग्रेगवर ट्रूडोले भनिन्, ‘म पहिलाभन्दा निकै राम्रो महसुस गरिरहेकी छु ।’ सोफीले आफू डाक्टर र ओटावा जनस्वास्थ्यको सहयोगमा ठिक भएको जानकारी दिएकी छिन् ।

जस्टिन ट्रूडो कार्यालयले १२ मार्चमा सोफीलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएको थियो । त्यतिबेला उनी लण्डनबाट फर्किएकी थिइन् । उक्त घटनापछि प्रधानमन्त्री र उनको परिवार आफ्नो घरबाट बाहिर निस्केको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप