बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युभेन्ट्सका खेलाडीले चार महिनाको तलब छाड्ने

आइतबार, १६ चैत २०७६, ०९ : ५२
आइतबार, १६ चैत २०७६

इटालियन सिरि ‘ए’ महारथि युभेन्ट्सका खेलाडीले आफ्नो चार महिनाको तलब छाड्न सहमत भएका छन् । कोरोना भाइरसको महामारीले फुटबल गतिविधि ठप्प भएको अवस्थााको क्लबको आर्थिक भारलाई मध्यनजरगरी खेलाडीले तलब छाड्न सहमत भएको युभेन्ट्सले विज्ञप्ती मार्फत जनाएको छ । 

क्लबले राखेको प्रस्तावलाई पोर्चुगिज स्टार क्रिस्टीयानो रोनाल्डो सहितको खेलाडीहरुले स्वीकार गरेका छन् । खेलाडीले मार्च, अप्रिल, मे र जुन मिहनाको तलब लिने छैनन् । यसले गर्दा कोरोनाले संकटमा पुर्याएको क्लबलाई केही आर्थिक सहयोग भएको छ । खेलाडी सहित प्रशिक्षक मौरिसियो सारीले पनि तलब छाड्न सहमत भएका छन् । खेलाडी र प्रशिक्षकले चार महिनाको तलब छाड्दा युभेन्ट्सलाई ९० मिलियन युरो राहत मिलेको छ । खेलाडी र क्लबको सहमतिसँगै रोनाल्डोले मात्रै करिब १० मिलियन युरो गुमाउने छन् ।

युरोपमा महामारीको रुप लिएको कोरोनाको संक्रमण सबैभन्दा बढी इटालीमा फैलिएको छ । कोरोनाका कारण अप्रिल ३ तारिखसम्म इटालीमा फुटबलसहित सबै खाले खेल गतिविधि स्थगित गरिएको छ । साविक विजेता युभेन्ट्स अहिले पनि लिगको शीर्ष स्थानमा छ । युभेन्ट्सले २६ खेलबाट ६३ अंक बनाएको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको लाजियोभन्दा एक अंकले अगाडी छ । लाजियोले ६२ अंक बनाएको छ ।

फुटबल र लिग रोकिँदा सबैभन्दा बढी संकट क्लबलाई परेको भन्दै युरोपका अन्य देशका ठूला क्लबले पनि खेलाडीको तलब कटौती गर्ने निर्णय गरिसकेका छन् । स्पेनिस क्लब बार्सिलोनाले खेलाडीको तलब ७० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको छ । यसैगरी एथलेटिको म्याड्रिड, जर्मन क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमन्डले पनि खेलाडीको तलबमा यसअघिनै कटौती गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप