बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा घरबाट बाहिर निस्कन नपाएपछि युवक झुण्डिए, क्वारेन्टिनबाट भागेका पुरुषद्वारा वृद्धाको टोकेर हत्या

आइतबार, १६ चैत २०७६, ०८ : ३१
आइतबार, १६ चैत २०७६

कोरोना भाइरस फैलनबाट रोक्नका लागि भारतले २१ दिनको लकडाउन लागू गरेको छ । यतिबेला केही अचम्मित पारिदिने घटना सार्वजनिक भए ।

गुजरातको जामनगरमा लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाउँदा २१ वर्षका एक युवकले आत्महत्या गरेका छन् । यस्तै, तमिलनाडुको थेनी जिल्लामा होम क्वारेन्टिनमा राखिएका एक पुरुष घरबाट बाहिर निस्किएर वृद्धालाई टोकेर हत्या गरिदिए ।

घटना १ः राजकोटमा  मजदुरी गर्थे युवक, लकडाउनमा बेरोजगार भए

लकडाउनको चौथो दिन गुजरातको जामनगरमा कौशिक मन्डेराले झुण्डिएर आत्महत्या गरे । युवक राजकोटमा मजदुरी गर्दथे । लकडाउनका कारण उनी आफ्नो घर जामनगर पुगे । उनी घरबाट बाहिर निस्कन पाएनन् । कौशिकका पिताले पुलिससँगको कुराकानीम उनको छोरा घरबाट बाहिर निस्कन नपाएपछि तनावमा थिए । राती उनले पछ्यौरालाई पासो बनाएर पङ्खामा झुण्डिए ।

घटना २ः नग्न अवस्थामा घरबाट निस्किए युवक

थेनी जिल्लामा ३२ वर्षीय युवकले छिमेकी वृद्धा महिलाको टोकेर हत्या गरेका छन् । आरोपी युवकको नाम मणिकन्दन हो । उनी केही दिन अघि मात्रै श्रीलङ्काबाट फर्किएका थिए । उनलाई त्यतिबेला देखि नै क्वारेन्टाइनमा राखिएको थियो । पुलिसका अनुसार शुक्रबार उनी नग्न अवस्थामा घरबाट भागे र वृद्धा महिलामाथि हमला गरे । वृद्धाको घाँटीमा उनले थुप्रै पटक टोकेका थिए जसका कारण उनको मृत्यु भयो । पुलिसले मणिकन्दनलाई पक्राउ गरेको छ । उनको कोरोना भाइरसको परीक्षण गरिएको छ साथै उनको मानसिक स्थितीबारे पनि परीक्षण गरिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप