
ADVERTISEMENT
कोरोनाभाइरसः संसारभरी संक्रमितको संख्या साढे ६ लाख नाघ्यो, मृतक ३० हजार बढी

हालसम्म कोरोना भाइरस संक्रमितको संख्या संसारभरी साढे ६ लाख नाघेको छ भने मृतकको संख्या ३० हजार बढी पुगेको छ ।
कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म संक्रमितको संख्या ६ लाख ६२ हजार ९ सय ६७ पुगेको छ । साथै मृतकको कूल संख्या ३० हजार ८ सय ५० रहेको छ ।
संक्रमितमध्ये २५ हजार ४ सय १२ को स्थिती नाजुक छ भने ४ लाख ६४ हजार ७ सय ५२ संक्रमितको अवस्था सामान्य छ ।
यससँगै अहिलेसम्म १ लाख ४१ हजार ९ सय ९३ संक्रमित उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ