बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इटाली : मृत्यु हुनेको संख्या १० हजार नाघ्यो ! (अपडेट)

स्पेनमा पनि मृत्यु हुनेको संख्या बढ्दै : संक्रमितहरुमा अमेरिकाले सबैलाई उछिन्यो
शनिबार, १५ चैत २०७६, २२ : ०५
शनिबार, १५ चैत २०७६


कोरोनाभाइरस संक्रमणको कारण सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । अहिलेसम्म इटालीमा १०२३ जनाले ज्यान गुमाइसकेका छन् ।

इटालीमा हालसम्म ८२,४७२ जनामा कोरोनाभाइरसको संक्रमण देखापरिसकेको छ । संक्रमितहरुमध्ये १२,३८४ जना निको पनि भइसकेका छन् भने बाँकी रहेका संक्रमितहरुमध्ये ३,८५६ जनाको अवस्था चाहिँ गम्भीर रहेको छ ।

त्यसो त इटाली नै त्यो देश पनि हो, जहाँ कोरोनाभाइरसको संक्रमणको शिकार बनेका १०० वर्ष नाघेकी एक महिला पनि सफलतापूर्वक निको भएर घर फर्किसकेका छन् ।

उता कोरोनाभाइरसको प्रकोप स्पेनमा पनि तीब्र रुपमा देखापरेको छ । गएको २४ घण्टाभित्र मात्रै स्पेनमा यही संक्रमणको कारण ८३२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म स्पेनमा ५,८१२ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनमा कोरोनाभाइरसले ७२,२४८ जनालाई संक्रमित तुल्याएको छ जसमध्ये १२,२८५ जना निको पनि भएका छन् । बाँकी रहेका संक्रमितहरुमध्ये ४,१६५ जनाको अवस्था गम्भीर रहेको छ ।

उता संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितहरुको संख्या १,१६,०५७ पुगेको छ । संख्याको हिसाबले संसारभरिमै सबैभन्दा बढी संक्रमित हुनेहरुको देशमा अमेरिका पहिलो र इटाली दोस्रो हुन पुगेको छ । कोरोनाभाइरस सबैभन्दा पहिले देखापरेको देश भने संक्रमितरुको संख्याको आधारमा तेस्रो नम्बरमा रहेको छ ।

तर चीनमा ठूलो संख्यामा संक्रमितहरु निको पनि भइसकेका छन् । चीनमा कूल ८१,३९४ जना संक्रमित भएकोमा ७४,९७१ जना निको भइसकेका छन् भने अहिले त्यहा ३,१२८ जना उपचाररत रहेका छन् । उपचाररतहरुमध्ये ८८६ जनाको अवस्था गम्भीर रहेको छ ।

यसबीच चीनमा संक्रमितहरुको संख्या निक्कै बढी रहेको तर चीन सरकारले त्यसलाई लुकाएको आरोप अमेरिकाले लगाइसकेको छ । तर चीन सरकारले त्यसको खण्डन गरेको छ । चीन सरकारले आफ्ना स्थानीय अधिकारीहरुलाई संक्रमितको संख्या नलुकाउन आदेश जारी गर्दै त्यसो गरेको पाइएमा कडा कारवाही हुने चेतावनी नै दिइसकेको राताेपाटीले यसअघि नै छापिसकेको छ ।

स्मरण रहोस्, राताेपाटीमा यो लेख्दा सम्म (२०७६ साल चैत्र १५ गते राति ११:५४ नेपाली समय) संसारभरिमा संक्रमितहरुको संख्या ६,४५,६०६ पुगिसकेको छ । त्यसैगरी मृत्यु हुनेहरुको संख्या २८,९७१ पुगिसकेको छ भने १,३९,५५२ जना संक्रमितहर निको पनि भइसकेका छन् ।

एजेन्सीको सहयोगमा रातोपाटीको अनुवाद । Title Photo: https://cdn.cnn.com,  तथ्याङ्कहरु: https://www.worldometers.info

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप