शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमणको आशंकामा १६ जना आइसोलेसनमा, ६ जना क्वारेन्टाइनमा

शनिबार, १५ चैत २०७६, २० : ५८
शनिबार, १५ चैत २०७६

घोराही ।  दाङका तीन वटा अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशंकामा अहिलेसम्म १६ ब्यक्तिलाइ आइसोलेसनमा राखिएको छ। ६ जना ब्यक्ति क्वारेन्टाइनमा रहेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए ।

हालसम्म बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालमा सो सख्यामा आइसोलेसनमा राखीएको छ।

राप्ती स्वास्थ्य प्रतिष्ठानमा भर्ना भएका ५ जना मध्य ३ जना आइसोलेसनमा भर्ना छन भने प्रतिष्ठानमा बिहिबार भर्ना भएका दुइ जना शुक्रबार कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको थियो । नेगेटिभ रिपोर्ट आएका उनिहरुलाई शुक्रबार नै १४ दिन घरमै क्वारेन्टाइन बस्ने सल्लाहसहित डिस्चार्ज गरिएको प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले जानकारी दिए ।

 बिहिबार मात्रै प्रतिष्ठानले लिएको नमुना जिल्लाका सरोकारवाला कसैले लैजान नमानेपछि उपकुलपती संगीता भण्डारिले आफै भर्ना भएका बिरामीको  ‘थ्रोट स्वाव’ परीक्षणका लागि नमुना काठमाडौं लिएर टेकु पुगेकि थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप