शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय

शनिबार, १५ चैत २०७६, २० : ०५
शनिबार, १५ चैत २०७६

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गर्ने गरी प्रयोगशालाको व्यवस्थापन गर्ने र डोटी तथा बैतडीमा पनि ल्याव स्थापनाको कार्यलाई अघि बढाउने निर्णय गरेको छ ।
  आज बसेको प्रदेश मन्त्रिपरिषदको बैठेकले सो निर्णय गरेको हो । 

साथै कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथामका लागि कोष स्थापना गर्ने र कोषमा ४० करोड जम्म गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले पत्रकार सम्मेलन गरी जानकारी दिए । 

कोषमा आमसर्वसाधारण तथा संघसंस्थालाई राहत जम्मा गर्न अपिल गरिएको छ । यस्तै प्रदेशका विभिन्न गतिविधिको समन्वय तथा व्यवस्थापन गर्न पनि जिम्मेवारी तोकिएको छ । 

 प्रदेशको शान्ति सुरक्षाका विषयमा आन्तरिक मामिला तथा कानुन मन्त्री, स्वास्थ्यसंग सम्बन्धित सामाजिक विकास मन्त्री,  खाद्यान्न तथा ईन्धन आपूर्तिको विषयमा उद्योग वन वातावरण तथा पर्यटन मन्त्री,  आर्थिक सा्रेत तथा व्यवस्थापनको विषयमा आर्थिक मामिला तथा योजना मन्त्री,  क्वारेन्टाईनमा राखिएका स्थानमा विजुली पानी शौचालयको व्यवस्थापनका लागि भौतिक पूर्वाधार मन्त्रीलाई जिम्मेवारी प्रदान गरिएको छ । 

 कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय तहबीच समन्वय गरी अघि बढ्ने पनि निर्णय भएको छ । 

यसैगरी गरिवीको रेखामुनि रहेका र दैनिक मजदुरीमा आश्रय भएका वर्गलाई राहत प्याकेज उपलब्ध गराउने पनि निर्णय भएको छ । राहतका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले संघिय सरकार तथा स्थानीय तहलाई समन्वय गर्ने गरि कार्य अघि बढाउने  निर्णय भएको  मन्त्री शाहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप