शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा ६ जना नेपालीमा भेटियो कोरोना संक्रमण

शनिबार, १५ चैत २०७६, १९ : ३४
शनिबार, १५ चैत २०७६

अस्ट्रेलिया । अस्ट्रेलियामा ६ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ। सिडनीमा चार जना विद्यार्थी  र मेलबर्नमा दुई जना गरि जम्मा ६ जनामा कोरोनाको संक्रमण देखिएको हो । 

सिड्नीको ग्रानभिलको  एउटा अपार्टमेन्टमा बस्ने तीन जना नेपाली विद्यार्थी र एक जना नर्सिङ होममा काम गर्ने साहयक नर्समा कोरोना संक्रमण पुष्टि भएको एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देब गुरुङले जानकारी गराए । 

गुरुङका अनुसार उनीहरू हाल आइसोलेसनमा रहेका छन्।  एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँगै बस्ने अन्य दुई  जनालाई पनि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएकोू  गुरुङले बताए । 

ग्रान्भिल क्षेत्र नेपालीहरूको बाक्लो बस्ती   रहेको  एरिया हो  । त्यसै गरि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलका अनुसार मेलबर्नमा पनि एकै परिवारका तिनजनाको कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको रोपोर्ट अझै आउन बाँकी छ  । 

अध्यक्ष कंडेलका अनुसार उक्त परिवारमा  नेपालबाट भर्खरै आएकी  सालिबाट कोरोना सरेको हो जानकारी प्राप्त भएको उनले बताए । अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन  र यस्तो परिस्थितिमा एन आर एन ए  विद्यार्थीको बिषयमा निकै गम्भीर भएको अध्यक्ष कडेलले बताए । 

यसैबीच एन आर एन ए अस्ट्रेलियाले सेल्फ आईसोलेसनमा रहेका र आफन्त नभएको  विद्यार्थीहरुलाई आकास्मिक राहत स्वरुप अत्यावश्यक खाद्यान्न  सामाग्री बितरण गरि रहेको छ ।

सिड्निमा करिब २८ जनालाई करिब ४० डलर बराबरको खाद्यान्न  बितरण गरिसकिएको संयोजक गुरुङले बताए । 

करिब २ हप्ता देखि एक महिना दिने राहतमा  अर्को चरणमा सेनिटरी सामाग्री सहित बितरण गरिने गुरुङले बताए।   त्यसैगरी तास्मेनियामा पनि एकजनालागि ८० देखि ९० डलर सम्मको दुई हप्ता पुग्ने खाद्यान्न सामाग्री बितरण गरिएको एनआरएनए तास्मेनिया संयोजक सन्देश परियारले जानकारि गराए ।

परियारका अनुसार तास्मेनिया भेटिएको  कोरोना संक्रमीत ब्यक्ति पुर्ण स्वस्थ भइसकेको पनि जानकारी गराए ।  एनआरएनएले छनोटको लागि फारम भर्ने ब्यबस्था गरेको थियो ।

उक्त फाराम मार्फत आएको विवरण अनुसार  एनएसडब्लु राज्यमा सबैभन्दा बढी १२१ जना,कुइन्सल्यान्डमा ९९ जना , भिक्टोरियामा ८० जना , साउथ अस्ट्रेलियामा २२ जना,तास्मेनियामा ८ जना, वेस्टर्न अस्ट्रेलियामा ६ जना, नोर्डन टेरिटोरिमा ८ जना र अस्ट्रेलियन क्यापिटल टेरिटोरिमा २ जना गरि जम्मा ३४६ जना नेपाली सेल्फ आइसोलेशनमा रहेको र शनिबार साझ ६ बजे सम्म ४१३ जनाले फारम भरेको अध्यक्ष कंडेलले जानकारी गराए  । 

४१३ जनाले फारम भरे पनि भेरिफाई गर्न भने बाकी रहेको अध्यक्ष कंडेल जानकारि गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता रसाइली विश्वकर्मा
सीता रसाइली विश्वकर्मा
लेखकबाट थप