बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरससँग लड्न अमेरिकाले नेपाललाई १८ लाख डलर सहयोग गर्ने

शनिबार, १५ चैत २०७६, १९ : २४
शनिबार, १५ चैत २०७६

कोरोनाभाइरसको महामारीसँग लड्नका लागि अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर (करिब (साढे २१ करोड नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ । अमेरिकाले शुक्रबार ६४ देशलाई १७.४ करोड डलर सहयोग गर्ने घोषणा गरेको थियो । जसमा नेपालले पनि सहयोग पाउन लागेको हो । गत फेब्रुअरीमा अमेरिकाले १० करोड डलर सहयोगको घोषणा गरेको थियो । नयाँ सहयोग रकम महामारीको जोखिमममा रहेका विश्वका ६४ राष्ट्रका लागि घोषणा गरिएको हो ।

युनाइटेड स्टेट एजेन्सी फर इन्टरनेसनल डेभलप्मेन्ट (यूएसएआइडी)का सहायक प्रशासक बोनी ग्लीकले पत्रकारसँगको साक्षात्कारमा भने, ‘अमेरिका दशकौँदेखि जनस्वास्थ्यको मामिलामा सबैभन्दा अग्रणी द्विपक्षीय सहयोगी रहँदै आएको छ । अमेरिकाले रोगको जोखिममा रहेका मानिसहरुको रक्षा गर्नुका साथै उनीहरुको ज्यान जोगाएको छ ।’

अमेरिकाले सम्भावित महामारीको पहिचान गर्न र त्यससँग लड्न तयारी गर्न दक्षिण एसियामा १० लाख डलर सहयोग पनि गर्नेछ ।

नेपालसँगै अमेरिकाले भारतलाई २९ लाख डलर, बंगलादेशलाई ३४ लाख डलर, श्रीलंकालाई १३ लाख डलर र अफगानिस्तानलाई ५० लाख डलर सहयोग गर्नेछ ।

स्रोत : बिजनेस टुडे  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप