बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कैलालीका एक युवामा कोरोना संक्रमण भेटिएपछि काँग्रेसको आह्वान–घरभित्रै बसौं

शनिबार, १५ चैत २०७६, १९ : २१
शनिबार, १५ चैत २०७६

कैलाली । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको संसदीय दलले कोरोना भाइरस फैलन नदिन आम नागरिकले उच्च सर्तकता अपनाउनु पर्नेमा जोड दिएको छ । 

 विश्वभर माहामारीको रुपमा फैलिएको भाइरससँग जुध्न सतर्कता नअपनाइए ठूलो मानवीय क्षति निम्तने खतरा रहेकाले लकडाउनलाई पूर्ण पालना गरेर घरभित्रै बस्न पनि संसदीय दलले सर्वसाधारणलाई अनुरोध गरेको छ । 

संसदीय दलका नेता डा रणवहादुर रावलले जारी गरेको उक्त विज्ञप्तिमा भाइरससँग लड्न स्थानीय प्रशासन, राजनीतिक दल, सुरक्षाकर्मी, नेपाल रेडक्रस सोसाईटी, व्यापारी, सामाजिक संघसंस्थालगायतबीच आवश्यक समन्वयमा पनि जोड दिइएको छ । 

विज्ञप्तिमा सुदूरपश्चिमको  कैलालीमा पनि कोरोनाको संक्रमण पुष्टि भएको अवस्थामा थप सतर्कता अनाउन जोड दिइएको छ । यस्तै आवश्यक स्वास्थ्य उपकरण र उपचारको प्रभावकारी व्यवस्था गर्न पनि काँग्रेसले सरकारलाई अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप