शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना महामारीविरुद्धको अभियानमा रतन टाटाको ५ सय करोड सहयोग

शनिबार, १५ चैत २०७६, १९ : १८
शनिबार, १५ चैत २०७६

एजेन्सी । कारोना भाइरसको महामारीविरुद्ध लड्न भारतीय कम्पनी टाटा ट्रस्टले त्यहाँको सरकारलाई ५ सय करोड सहयोग गर्ने भएको छ । टाटा कम्पनीका अध्यक्ष रतन टाटाले कोभिड–१९ को विरुद्ध संघर्ष गरिरहेको भारतलाई ५ सय करोड सहयोग उपलव्ध गराउने आश्वासन दिएका हुन् ।

अध्यक्ष रतन टाटाको नाममा जारि गरिएको टाटा कम्नीको विज्ञप्तिमा भनिएको छ, ‘भारत र विश्वको वर्तमान अवस्था चिन्ताजनक छ र कोभिड १९ को विरुद्ध लड्न तत्काल आपतकालीन सहयोग आवश्यक छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘टाटा ट्रस्टले सबै समुदायलाई सशक्त रुपमा संरक्षण गर्ने आफ्नो प्रतिज्ञा दोहोर्याएको छ र यो महामारीविरुद्ध लड्न ५ सय करोड उपलव्ध गराउने प्रतिज्ञा गरेको छ ।’

यो ५ सय करोड रुपैयाँ कोरोना महामारीमा अग्रस्थानमा खट्ने स्वास्थ्यकर्मीहरु, चिकित्सक, मेडिकल सामाग्रीहरु, श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित सामाग्री, टेस्ट किट आदिमा खर्च हुने जनाइएको भन्दै बीबीसीले समाचार लेखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप