एकताबद्ध भएर वर्तमान संकट समाधानमा जोड
हस्पिटेक इन्टरप्राइजेज प्रालिका विशाल पण्डितले स्वास्थ्य उपकरण खरिदमा बाहिर समाचारमा आएजस्तै कुनैपनि सम्झौता नभएको स्पष्ट पारेको छ ।
केही सञ्चारमाध्यममा उपकरण खरिद गर्न नीतिगत भ्रष्टाचार हुन लागेको आशयसहितको समाचार आएपछि पण्डितले एक विज्ञप्तिमार्फत समाचारमा मेल खानेगरी स्वास्थ्य मन्त्रालय तथा मातहतको निकायसँग कुनैपनि सम्झौता नभएको स्पष्ट पारेका हुन् ।
कोरोना भाइरसबाट सिर्जित संकटको यो घडीमा सिंगो देशका नागरिक जीवन कसरी सुरक्षित राख्ने भन्ने विषयमा चिन्तित रहेको अवस्थामा सबै नागरिक एकताबद्ध भएर जुट्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विपदको घडीमा राज्यले मलाई के दियो होइन, राज्यलाई मैले के दिने भन्ने तर्फ सोच्नु आवश्यकता छ । यो विपतलाई सामना गर्न आ–आफ्नो ठाउँबाट जे जति सकिन्छ योगदान गर्नुपर्ने दायित्व सबैमा छ।’
आफू विगत लामो समयदेखि स्वास्थ्यसम्बन्धी र अन्य व्यवसायमा संलग्न रहेको नाताले प्रकोपको यो घडीमा आम नागरिकलाई सुरक्षित गर्न राष्ट्रले चालेको कदममा सहयोग गर्न तयार रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल