शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाविरुद्धको युद्ध : प्रधानमन्त्री कोष स्थापना गरेको २० मिनेटमै अक्षय कुमारद्वारा २५ करोड भारु सहयोग

शनिबार, १५ चैत २०७६, १९ : ००
शनिबार, १५ चैत २०७६

भारतमा कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा बढी रहेको छ । केन्द्र र राज्य सरकारले लकडाउनलाई लागू गर्न सबै शक्ति लगाइरहेको छ । यसबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीसँग लड्न पीएम–केयर फन्ड नामक कोष स्थापना गरेका छन् ।

उनले देशवासीलाई यसमा दान गर्नका लागि अपिल गरेका छन् । मोदीले ट्वीट गर्दै भनेका छन्, ‘यो कोष कोरोनाजस्ता विषम परिस्थितिमा सहयोग चाहिएकाहरुसम्म मद्दत पुर्याउने माध्यम बन्नेछ ।

यो कोषमा प्रधानमन्त्री यसको अध्यक्ष रहनेछन् भने गृहमन्त्री, रक्षामन्त्री र अर्थमन्त्री यसको सदस्य रहनेछन् ।

मोदीले अपिल गरेको २० मिनेटभित्र अभिनेता अक्षय कुमारले २५ करोड रुपैयाँ भारु दान गरेका छन् ।

अक्षयले भनेका छन्, ‘यो बेला हाम्रो मानिसको जीवन महत्त्वपूर्ण छ । हामीले हरसम्भव योगदान गर्नुपर्छ । मलाई मेरो वचनबाट २५ करोड रुपैयाँ कोषमा दान गरेकोमा खुसी लागेको छ । आउनुहोस्, जीवन बचाऔँ, ‘ज्यान छ त जहान (विश्व) छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप