शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना राहत कोषमा समाजवादी पार्टीले  १० लाख प्रदान गर्ने

शनिबार, १५ चैत २०७६, १७ : २२
शनिबार, १५ चैत २०७६

समाजवादी पार्टी नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट एकमुस्ट रु १० लाख प्रदान गर्ने जनाएको छ ।

सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिनाबराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगसमेत गरी एकमुस्ट रु १० लाख रकम दिने जनाउनुभएको हो ।

अध्यक्ष यावदले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट प्राप्त सहयोगको  सदुपयोगको प्रबन्ध मिलाउनसमेत र विशेष स्थितिमा उच्च सतर्कता अपनाउन चालु आर्थिक वर्षको राज्यको सञ्चित कोषबाट खर्च गर्न पनि आग्रह गर्नुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप