जनताका समस्याप्रति सरकार गम्भीर नभएको वैद्यको आरोप
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले लकडाउन पछिको सृजित परिस्थितिमा सरकार गम्भीर नभएको आरोप लगाएको छ । आज सो पार्टीका महासचिव किरणले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण देश गम्भीर मोडबाट गुज्रिरहेको उल्लेख गर्दै तत्काल राहतका कार्यक्रम ल्याउन सरकार गम्भीर नभएको आरोप लगाएका हुन् । विज्ञप्तिमा उनले महामारीले पैदा गरेको कठिन स्थिति सहज नहुँदासम्म सर्वसाधारण जनता मारमा पर्ने भएकाले तुरुन्त आर्थिक प्याकेजका कार्यक्रममा ल्याउन आग्रह गरेका छन् । त्यस्तै उनले विदेशबाट आउने नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखी संक्रमितहरुको पहिचान गर्न समेत आग्रह गरेका छन् ।
त्यस्तै उनले सरकारसमक्ष श्रमिक र आम गरिब जनताका लागि चाहिने आधारभूत आवश्यकताहरुलाई समेत तुरुन्तै सम्बोधन गर्न आग्रह गरेका छन् । उनले भनेका छन्,‘महामारीले पैदा गरेको कठिन स्थिति सहज नहुँदासम्म विभिन्न उद्योग तथा व्यवसायमा काम गर्ने मजदुरहरु, स्वरोजगारीबाट जीवन निर्वाह गर्ने श्रमिकहरु र आम गरीब तथा अशक्त जनताका आधारभूत आवश्यकता पुरा गर्नका लागि सरकारले आर्थिक प्याकेज बनाई त्यसलाई तुरुन्त कार्यान्वयनमा लैजानुपर्छ । सरकारले खाद्यान्न, ग्यास, पानी दुध, तरकारी जस्ता आधारभूत आवश्यकताका वस्तुहरुको आपूर्तिको जिम्मेवारी समेत लिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त
-
वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : लुम्बिनीले सजिलै हरायो कर्णालीलाई
-
नयाँ सरकार निर्माणमा प्रदेश प्रमुखले संविधान विपरीत काम गरेको कांग्रेसको निष्कर्ष
-
लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार, ५ बजे शपथ
-
के हो दुबईमा वर्षा गराउन प्रयोग गरिएको क्लाउड सिडिङ प्रविधि ?
-
आकाश चोपडा भन्छन्– ‘हार्दिकले मुम्बईसँगै गुजरातलाई पनि डुबाए’