शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा लकडाउन अवज्ञा गर्ने १४ जना प्रहरीको नियन्त्रणमा

शनिबार, १५ चैत २०७६, १४ : ५९
शनिबार, १५ चैत २०७६

बारा । कोभिड– १९ को सम्भावित जोखिम हुन नदिन लगाइएको लकडाउनको प्रभावकारी कार्यान्वयन भैराखेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र  नेपाली सेनाले संयुक्त रुपमा अनुगनम गरिराखेका छन् । तीनवटै निकायका सुरक्षाकर्मीले कारोनाबाट जोगिन घरभित्रै रहन जिल्लावासीलाई आग्रह गरिराखेका छन् । 

 जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता गौतम मिश्रले लकडाउनको प्रभावकारी कार्यान्वयन भैरहेको जानकारी दिए । उनले कोरोनाबाट जोगिन पटक पटक साधुनपानीले हातधुन , गाउँ ÷टोलमा अन्यत्रबाट आएकालाई छुट्टै क्वारेन्टाइनमा बस्न र केही स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य सस्थामा सम्पर्क गर्न आग्रह गरे । प्रवक्ता मिश्रले लकडाउनको अवज्ञा गर्ने १४ जना र तीनमोटरसाइकल नियन्त्रणमा लिइएको जानकारी दिए ।

जिल्लाको १६ वटा स्थानीय तहमा यतायात तथा बजार पूर्ण रुपमा बन्द रहेका छन् ।  अति आवश्यक पसल सञ्चालनमा रहेका छन् । कलैया अस्पतालमा रहेको आइसोलेसनमा थप एक जनालाई निगरानीमा राखिएको चिकित्सक बीरेन्द्र मण्डलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप