स्वास्थ्य सामाग्री लिन चीन उड्यो नेपाल एयरलाइन्सको जहाज
काठमाडौँ । कोरोनाभाइरससँगको महामारीसँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीनतर्फ प्रस्थान गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको आरए ४१७१ जहाज शनिबार दिउँसो साढे १२ बजे नेपालबाट चीनको ग्वान्जाओतर्फ प्रस्थान गरेको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका सामाग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज RA 4171 अहिले १२:३१ मा ग्वान्जाओका लागि उडेको छ । जहाज राती १ बजे तिर नेपालमा आईपुग्ने छ ।
— Yogesh Bhattarai (@yogesbhattarai) March 28, 2020
विमानले नेपाली व्यापारीले किनेर राखेका स्वास्थ्य उपकरण ल्याउने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए । नेपाल आइसकेपछि व्यापारीबाट ती सामान सरकारले किन्ने छ । आज लिन गएको सामग्रीमा कोरोना संक्रमण फैलन नदिने औषधि, एन–९५ मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), प्रयोगशालामा सामग्री, थर्मल गन, आईसीयू शय्या, संक्रमण टेस्ट गर्ने किटलगायत छन् ।
जहाज आजै राति १ बजे नेपाल आइपुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार
-
गण्डकीको दोस्रो जित, कोशी प्रदेशको लगातार पाँचौँ हार
-
लसुन आयातमा ९ महिनामा १९ करोड बाहिरियो
-
बिदा भए कतारका अमिर, तस्बिरमा हेर्नुहोस्
-
लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत गरिएको कानुनी सुधारको निजी क्षेत्रद्वारा स्वागत
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश