
ADVERTISEMENT
कोरोनाभाइरस : दक्षिण कोरियामा उपचाररतभन्दा निको हुनेको संख्या बढी
दक्षिण कोरियामा पहिलो पटक कोरोनाभाइरसको संक्रमणको उपचार गरिरहेका भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ ।
शनिबारसम्म ४८ सय कोरोनाभाइरस संक्रमित सफल उपचारपछि घर फर्किएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ । हाल ४५ सयजना उपचाररछ छन् ।
जनवरी २० यता उपचाररतभन्दा निको हुनेको संख्या बढी भएको यो पहिलो पटक हो ।
‘हामीले अझै धेरै गर्न बाँकी रहेको छ । ५० प्रतिशत स्वास्थ्यलाभ दर सानो उपलब्धी हो । यसलाई सबै मिलेर खुसियाली मनाउनुपर्छ,’ स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य नीतिका प्रबन्ध निर्देशक युन ते होले भने ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ