अफगानिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या ११० पुग्यो

एजेन्सी । विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अफगानिस्तानमा शनिबारसम्म ११० पुगेको छ । थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड¬–१९ सङ्क्रमित व्यक्ति ११० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले शनिबार बताएका छन् ।
अफगानिस्तानको हेरात प्रान्तमा ११, छिमेकमा रहेको फराह प्रान्तमा १ जना र पूर्वी प्रान्त घाज्नी एक जनामा थप सङ्क्रमण देखिएको मयारले जानकारी दिएका छन् । अफगानिस्तानमा गत फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखिएको र सो समयदेखि हालसम्म १ हजार भन्दा बढी व्यक्तिलाई कोरोना भाइरस (कोभिड –१९) को परिक्षण गरिएको छ । परीक्षणको क्रममा ११० जनामा कोरोना भाइरस सङ्क्रमण देखा परेको मयारले बताएका छन् ।
अफगानिसतानमा कोरोना भाइरस सङ्क्रमणको कारण तीन व्यक्तिको मृत्यु भएको छ भने अन्य तीन उपचारपछि घर फर्किएका छन् ।कोभिड –१९ को रोकथाम गर्न सरकारले राजधानी काबुलमा २१ दिनको कर्फ्यूको आदेश जारी गरेको छ । उक्त कर्फ्यू आदेश शनिबारदेखि लागू हुने भएको छ । यस अघि नै अफगानिस्तानको पश्चिमी तीन शहर हेरात, फराह र जरनजमा कर्फ्यू आदेश गरिसकेको छ । –सिन्ह्वा/Photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म