शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

न्युयोर्कबाट आएकालाई यात्रामा प्रतिवन्ध

शनिबार, १५ चैत २०७६, १३ : २१
शनिबार, १५ चैत २०७६

एजेन्सी । अमेरिकाको न्युयोर्कबाट आएका व्यक्तिलाइ विभिन्न राज्यमा हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ । अमेरिकाको टेक्सास, फ्लोरिडा, मेरिल्याण्ड र साउथ क्यार्रोलिना राज्यमा यस्तो व्यवस्था गरिएको हो । ती राज्यहरुले न्युयोर्कबाट आएकालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको छ । 

अमेरिकामा कोरोना भाइरसको केन्द्र जस्तै बनेको न्युयोर्कसँगै न्युर्जसी र सँगै जोडिएका अन्य ठाउँबाट आएकालाई पनि घरमै बस्न आग्रह गरिएको अधिकारीहरुले बताएका छन् । यसरी हिँडडुल गर्न प्रतिबन्ध लगाउने राज्य सरकारको निर्णयलाई कतिपयले भने संविधान विपरित भएको टिप्पणी गरेका छन् । 

कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशमा लकडाउन घोषणा गरिएपनि अमेरिकाले भने लकडाउनको निर्णय नगरेको तर केही राज्यले सेल्फक्वारेन्टाइनमा बस्न लगाउने व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरुको रेखदेख र विवरण संकलन सरकारी अधिकारीहरुले गरिरहेको प्रहरीले जनाएको छ । 

उनीहरुको अनुसार कतिपय यात्रुहरुले स्वघोषणा गरेर सेल्फक्वारेन्टाइनमा बसेका छन् भने कतिपयलाई आग्रह गर्नुपरेको छ । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप