कोरोनाभाइरसः ‘टेस्ट नेगेटिभ आउँदैमा ढुक्क भइनहालौं’
संक्रमण रोगका अनुसन्धानकर्ता डा. सुरज भट्टराईले कोरोनाभाइरसको टेस्ट नेगेटिभ आउँदैमा ढुक्क भइहाल्न नसकिने तथ्य औंल्याएका छन् ।
ट्वीटरमा आफ्ना धारणाहरु सार्वजनिक गर्दै उनले उक्त कुरा बताएका हुन् ।
आफ्नो ट्वीटर ह्याण्डल Suraj Bhattarai@DrBhattaraiS मा ट्वीटहरु गर्दै उनले लेखेका केही महत्वपूर्ण र ध्यानदिन योग्य कुराहरु निम्नानुसार छन् :
संक्रमित व्यक्तिमा भएको भाइरसको RNA क्षत-बिक्षत(degradation) भयो भने टेस्ट नेगेटिभ आउछ जसलाई फल्स नेगेटिभ (False Negative) भनिन्छ! टेस्ट फल्स नेगेटिभ आएको व्यक्तिले सजिलै अरुहरुलाई भाइरस सार्न सक्छ ..
संकास्पद संक्रमित व्यक्तिबाट लिइने सिंगान/र्यालको संकलन, स्टोर, ओसारपसार (transport), प्रोसेसिङ (processing) र टेस्टकै पद्धति पनि उत्तिकै महत्वपूर्ण छ, जुन नेपालमा उचित र स्तरअनुरुप भए जस्तो लाग्दैन, जसका कारण टेस्टबाट नेगेटिभ भनिएका व्यक्तिहरुमा भएको भाइरस सजिलै अरु व्यक्तिमा सर्न सक्छ...
नेपालमा यस्ता प्राविधिक विधिहरुको निगरानी (supervision/ monitoriing वा quality check/assurance गर्नु पर्ने हो जुन गरिएको जस्तो लाग्दैन..
विश्व स्वास्थ्य, संक्रमणरोग, epidemiology र चिकित्सकीय अनुसन्धानको अनुभव र केही वर्ष नेपालकै ठुलो अस्पतालमा निमोनिया-सम्बन्धी अनुसन्धान गर्ने क्रममा ५०० भन्दा बढी बिरामीको स्वासप्रस्वास नमूना आफैले संकलन, स्टोर, transport र मोलेक्युलर टेस्ट गरेको प्रोसेसिङ गरेको अनुभवको आधारमा लेखिएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?
-
खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड