युएईमा फेरि २ जना नेपालीमा कोरोना संक्रमण भेटियो
शनिबार, १५ चैत २०७६, १२ : २०
युएईमा फेरि २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ। यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार २४ घण्टाभित्र थपिएका ७२ नयाँ संक्रमित मध्ये दुईजना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो।
सो मन्त्रालयले जनाएअनुसार हाल उनीहरूको अवस्था स्थिर छ र उपचार भइरहेको छ। यसअघि पनि यहाँ दुई जना नेपालीमा यस्तो संक्रमण देखिएको थियो। तर केही समयको उपचारपछि उनी निको भएका थिए ।
युएईमा हालसम्म ४ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी