तीन कविताः मान्छे, समय र घामहरू
- साकारबाबु सुबेदी
मान्छे
हरिया बुट्यानहरू,
मान्छेलाई सोध्ने गर्छन्
तिमी शाकहारी
कि मांसाहारी?
लामो अलमल पछि
मान्छे अनुभुत गर्छ
मांसाहार गर्नैका लागि
लगातार वृक्ष किन संहार हुन्थ्यो?
शाकहारी नै होला मान्छे
प्राण मेरो
वायु त उसकै हो नि
आफूलाई बाहेक
जे पनि खान सक्छ मान्छे
हाँस्ने गर्छन् जन्तुहरू
आज आफैँलाई
खाँदैछ मान्छे
समय
प्रश्नहरू उत्तरलाई सोध्ने गर्छन्,
मृत्यु कालहो ?वा
काल नै समय?
कहीँ बितिसकेका समयहरू
पर्खेर बसिरहेछ मान्छ,े
कतै
आज अहिले नै
भविष्यको भोग गर्दैछ
किंकर्तव्यविमुढ उत्तरहरू
फेरि प्रश्नतिरै फर्केर
विवश नजरहरूले हेर्ने गर्छन्
काल त समय सँगै
घुमिरहेको छ
त्यो मान्छे नै हो
जसले,
जानाजान काललाई
मृत्यु बनाउन खोज्दैछ
घामहरू
धर्ति घामहरूसँग,
जवाफ माग्ने गर्छ
किन झुल्किन्छौ ?फेरि रापिन्छौ?
अनि अन्तयमा आफैँ अस्ताँउछौ?
घामहरूभन्ने गर्छन्
यो चक्र न हो समयको
हरेक प्रहर म स्थिर छु
तिमी कालखण्ड झैँ
घुमिरहन्छौ
मेरा नियति स्थिर रहनु
अनि तिमीले कालको
परिक्रमा गरे झैँ
जीवन घामकै
अनुसरण न हो ।
एक झुण्ड सौर्य मण्डलहरू
हरेक जीवनहरु सँगै घुम्ने गर्छन्
समयका लामा पइलाहरूमा पनि
घाम जस्तै जीवनहरू
कहिल्य ैमर्दैनन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन