कोरोनाको कहरबाट सामान्य जीवनतर्फ फर्कदै हुबेई, तस्विरमा हेर्नुहोस्

चीन बिस्तारै कोरोनाको कहरबाट उस्कन थालेको छ । हुबेइ प्रान्तको ऊहान सहरबाट शुरु भएको यो भाइरस यतिबेला विश्वभर फैलिरहेको छ । अब शनिबारबाट हुबेई प्रान्तमा सबे–वे सेवा सुरु गरिदैछ । बजारहरु खुल्न थालेका छन् भने मानिसहरु बाहिर निस्कन थालेका छन् ।
९ हप्तापछि हुबेईमा लकडाउन हटाइएको छ । त्यहाँ ५० प्रतिशत ठूला कम्पनीहरुले आफ्नो काम शुरु गरेका छन् । जबकि पूरै चीनमा ९० प्रतिशत ठूला कम्पनीमा उत्पादन शुरु भइसकेको छ । साना र मध्यम स्तरका कम्पनीहरु भने अझै संघर्षरत छन् । चीनमा ८० प्रतिशत व्यवसायिक केन्द्रहरु खुलिसकेका छन् । लक्जरी ब्रान्डको स्टोरको बाहिर भीड लाग्न थालेका छ । रेस्टुरेन्ट, होटल, पार्क र जीमा मासिनहरु देखिन थालेका छन् ।
हुबेईको राजधानी ऊहानमा भने अप्रिल ८ सम्म लकडाउन जारी रहनेछ । चीनमा ज्यान गुमाएका ३ हजार २७० मध्ये २५ सयभन्दा बढी ऊहानका रहेका छन् । चीनले गत जनवरी २३ देखि ऊहानमा प्रवेश गर्न र त्यहाँबाट बाहिर निस्कन बन्द गरेको थियो । रेल र हवाई सेवा रद्द गरेको थियो ।
उता, शुक्रबार शंघाईका २ सयभन्दा बढी सिनेमा घरहरु खोल्ने अनुमति दिइएको थियो । तर, त्यसको केही समयमा नै नेशनल फिल्म ब्युरोले देशभरका सिनेमाघरलाई बन्द गर्न निर्देशन दिएको थियो ।
अर्कोतर्फ कोरोनाभाइरसलाई फेरि फैलनबाट रोक्न चीनले विदेशीहरुको प्रवेशमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समय विदेशबाट आएका ५ सय जनामा कोरोनाभाइरस पोजेटिभ पाइएपछि चीनले यस्तो नीति अख्तियार गरेको हो ।
हेरौँ पछिल्लो समय सामान्य अवस्थामा फर्कर्दै गरेको हुबेई प्रान्तका तस्विरहरु :
तस्विरहरु : रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौपछि नाचघरमा फेरि ‘मुनामदन’
-
इमानदार कार्यकर्ताहरूले ओलीको गलत कार्यलाई स्विकार्दैनन्ः साह
-
‘नेपालको परराष्ट्र सम्बन्ध : सङ्क्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’
-
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी