स्यानिटाइजरलाई रक्सी ठानेर पिए, कैदीको मृत्यु

कोरोना भाइरसको कहरका बीच सुरक्षाको एक उपायको रुपमा लिइएको स्यानिटाइजरलाई एक कैदीले रक्सी ठानेर पिए जसका कारण उनको मृत्यु भएको छ । भारतको केरलको एक जेलभित्र ती व्यक्तिको मृत्यु भएको हो । जेल अधिकारीले कैदीको मृत्यु स्यानिटाइजर पिएपछि भएको पुष्टि गरेका छन् ।
रिपोर्टका अनुसार १८ फेब्रुअरीमा जेल ल्याइएका कैदी रामनकुट्टीले जेलभित्र स्यानिटाइजर पिएका थिए, त्यसपछि उनी परिसरभित्रै लडेका थिए । जेल अधिकारीका अनुसार मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।
घटनाको विषयमा वरिष्ठ जेल अधिकारीले भने, ‘हामीलाई शंका छ कि कैदीले राज्य सरकारको निर्देशन अनुसार जेल परिसरमै बनेको स्यानिटाइजरको एउटा बोतल पिए ।’ उनका अनुसार सरकारको आदेशमा मानिसहरुका लागि जेलभित्रै स्यानिटाइजर बनाउने काम चलिरहेको थियो ।
जेल अधिकारीका अनुसार आइसोप्रोपिल अल्कोहलको उपयोग हातको स्यानिटाइजर बनाउने प्रमुख सामग्रीको रुपमा प्रयोग गरिन्छ तर कैदीले यसलाई नशाको रुपमा प्रयोग गरे ।
मृत्युको सही कारण पोष्टमार्टमपछि पत्ता लाग्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी र पेटको समस्या
-
एनआरएनएको एकता महाधिवेशन ६ महिना पर सार्न परराष्ट्रको पत्राचार, सर्वोच्चमा मुद्दा दायर
-
टेस्लाको नाफा घटेपछि डज प्रमुखको जिम्मेवारी घटाउँदैछन् मस्क
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद