केन्द्रीय संस्करण
कोरोना गफ

ओह कोरोना ! बाँच्न देऊ न यार !

बुढापाका भन्थे– बाँच्नुमात्र पर्छ, के के देखिन्छ, के के !

person explore access_timeचैत १५, २०७६ chat_bubble_outline0

देश ‘लकडाउन’ भएपछि दैनिक जीवन कोठाभित्र सीमित छ । कोठाभित्रबाट आँखाले संसारका कुरा प्रत्यक्ष के देख्ला र ! ल्यापटप, मोबाइल, टेलिभिजनले देखाएकोमात्र देखिने त हो अब । धाएर कतै जाने, घुम्ने, हेर्ने समय रहेन ।

डियर कोरोना !

सन् २०१९ को डिसेम्बरको अन्त्यतिर चीनको एउटा कुनाबाट चिहाएर तिमीले संसारको नाप–नक्सा नियाल्दै आफ्नो रणनीति बनाइरहँदा साँच्चै भन्नुपर्छ, मैले त तिम्रो नाम पनि राम्रोसँग ख्याल गरेको थिइनँ । तिमीभन्दा अगाडि तिम्रै दाजुभाइहरु सार्स, जिका, इबोला लगायत कति आए कति ! ती जसरी आए, त्यसरी नै गए, नेपालीलाई खासै केही फरक परेन ।

कोरोना ! तिमीचाहिँ किन यति आक्रोसित भएको ? कसले तिम्रो कर्कलो बारी फाँडिदियो र ?


दिन दुगुना, रात चौगुना गरी विश्वमा फैलिदैँ छौ, यति हतार किन ? कहिलेसम्म के के भ्याइसक्नु छ र तिमीलाई ? तिमीलाई थाहा छैन र ? हामी कस्तो संस्कारमा हुर्किएका छौँ भन्ने ? दुई वर्षमा काम सक्ने गरी ठेक्का दिए पनि १० वर्षसम्म पूरा नहोस्, मतलब गर्दैनौँ । समयको पाबन्दी नलाग्ने मुलुक खोज्नु परेमा विश्वकै ‘उदाहरणीय’ मुलुक हो नेपाल ।


दिन दुगुना, रात चौगुना गरी विश्वमा फैलिदैँ छौ, यति हतार किन ? कहिलेसम्म के के भ्याइसक्नु छ र तिमीलाई ? तिमीलाई थाहा छैन र ? हामी कस्तो संस्कारमा हुर्किएका छौँ भन्ने ? दुई वर्षमा काम सक्ने गरी ठेक्का दिए पनि १० वर्षसम्म पूरा नहोस्, मतलब गर्दैनौँ । समयको पाबन्दी नलाग्ने मुलुक खोज्नु परेमा विश्वकै ‘उदाहरणीय’ मुलुक हो नेपाल ।

नेपालको बारेमा के बुझ्यौ र तिमीले ? यहाँ कालाबजारी गर्न पाउनुपर्छ भनेर आन्दोलन हुन्छ, ठग्न पाउनु पर्छ भनेर आन्दोलन हुन्छ । अरे ! न्यायालयको कुरा नगर, न्यायालयमा मुद्दा दर्ता नभई बालुवाटारबाट फैसला आइसक्छ । हो यार ! तिमी पत्याऊ न, विराटनगर जाने बसले काठमाडौँबाट वीरगञ्ज जाने यात्रीलाई लैजान्छ– पथलैयासम्मको भाडा त पाउँछु भनेर । राति पथलैया लगेर छोडिदिन्छ । नेपालगञ्ज जाने बसले धनगढीको यात्री बोक्छ, ‘जसरी पनि लगिदिए भएन ?’ भनेर ।

हामी यस्तो संस्कारमा हुर्किएका मान्छे । यस्तो समाजमा अभ्यस्त भएका मान्छे हामी ।

डियर कोरोना ! तिमीले यो के गरेको ?

कालाबजारी गरेर कमाउने व्यापारी हुन् या कालाबजारीले चुसेर खपटा भएका जनता, सबैलाई ‘लकडाउन’ को अनुशासनमा बाँधिदियौ तिमीले ?

बजार अनुगमनका क्रममा केही कैफियत फेला परे राज्य संयन्त्रले त्यस्ता पसलमा सिलबन्दी गरिदिन्थ्यो । सँगसँगै व्यवसायीहरुको नारा जुलुस निस्किन्थ्यो– ‘सरकारी धरपकड मुर्दाबाद’ भनेर । लाग्थ्यो, ती व्यापारी साँच्चै शक्तिशाली छन्, जे पनि गर्न सक्छन् । तर कोरोना ! तिनको अनुहारमा अहिले तिमीले एकप्रकारको त्रास सिर्जना गरिदियौँ । ती व्यापारीभन्दा त तिमी पो शक्तिशाली रहेछौ ।


न्यायालयमा मुद्दा दर्ता नभई बालुवाटारले फैसला सुनाउने गरेको देख्दा बालुवाटार पनि शक्तिशाली नै लाग्थ्यो मलाई । अहिले हेर्छु– बालुवाटार आफैँ तिमीबाट त्रसित छ । आउजाउमा बन्देज छ । कसलाई संक्रमित गर्ने, कसलाई कहिलेसम्म धर्तीमा राख्ने भन्ने मुद्दा नै तिम्रो हातमा र फैसला पनि तिमी नै गर्ने भएपछि अब लाग्न थाल्यो– तिमी नै सर्वेसर्वा ।


न्यायालयमा मुद्दा दर्ता नभई बालुवाटारले फैसला सुनाउने गरेको देख्दा बालुवाटार पनि शक्तिशाली नै लाग्थ्यो मलाई । अहिले हेर्छु– बालुवाटार आफैँ तिमीबाट त्रसित छ । आउजाउमा बन्देज छ । कसलाई संक्रमित गर्ने, कसलाई कहिलेसम्म धर्तीमा राख्ने भन्ने मुद्दा नै तिम्रो हातमा र फैसला पनि तिमी नै गर्ने भएपछि अब लाग्न थाल्यो– तिमी नै सर्वेसर्वा । तिनीहरुको हातमा सबैथोक हुन्थ्यो भने यतिबेला ‘लकडाउन’ गरेर सबै कुरामा घाटा किन सहन्थे होला र ? सकेसम्म तिनले त ‘भ्रमण वर्ष सफल पारौँ’ भनेर देशविदेशमा कार्यक्रम गरिरहेका हुन्थे होला नि ! डेढ महिनासम्म त तिमीलाई टेरपुच्छर लाए र ? ‘कोरोनामुक्त’ भनेर देशको नाम भजाउन खोजे, आखिर हत्केलाले सूर्य कति नै छेकिन्थ्यो र ?

विराटनगर जाने बसले वीरगञ्ज जाने यात्रीलाई बोक्ने तथा नेपालगञ्ज जाने बसले धनगढीको यात्री बोक्ने गर्दा पनि हामी सहन्थ्यौँ । एक प्रकारले भन्ने हो भने हामी त्यसमै अभ्यस्त भइसकेका थियौँ । सडक बनाउने बेलामै पनि त आफ्नो घर–जग्गा कता छ, बाटो उतै मोड्न शक्तिशाली मानिसहरु कसरी लाग्छन् ? हामीलाई थाहा नभएको हो र ? उनीहरुको घर–जग्गातिर बाटो जोड्नु पर्दा हामीले जीवनभर कति पटक ती घुम्ती अनावश्यक काट्नु परेको छ, लेखाजोखा नै छैन । त्यति शक्तिशाली मानिस पनि अहिले हामीजस्तै ‘लकडाउन’ को साझा कानुनमा बाँधिएको छ । यसअर्थमा मात्रै धन्य छ कोरोना तिमीलाई, किनभने तिमीले तिनलाई पनि आफ्नो वास्तविक हैसियत सम्झाइदेयौ ।

Source:cartoonistsatish

नेपाल त तिम्रो लागि जाबो नै होला । विश्वमै रवाफ जमाएका कयौँ मुलुक थर्कमान भएका छन् । यताबाट मिसाइल आउला, उताबाट मिसाइल आउला भनेर प्रतिरक्षा प्रणालीमा अरबौँ डलर लगाएका ती मुलुकले तिमीलाई छेक्न सुक्को खर्च गरेका रैनछन्, थाहा भइगो नि अहिले । साँच्चै तिनले तिमीलाई हेपेका रैछन् । तिमीले प्रष्ट देखाइदियौ, तिनले आफ्नो र आफ्ना जनताको सुरक्षामा कति खर्च गरेका रैछन् र कति मजबुत सिस्टम बनाएर रैछन् भनेर ।


नेपाल त तिम्रो लागि जाबो नै होला । विश्वमै रवाफ जमाएका कयौँ मुलुक थर्कमान भएका छन् । यताबाट मिसाइल आउला, उताबाट मिसाइल आउला भनेर प्रतिरक्षा प्रणालीमा अरबौँ डलर लगाएका ती मुलुकले तिमीलाई छेक्न सुक्को खर्च गरेका रैनछन्, थाहा भइगो नि अहिले । साँच्चै तिनले तिमीलाई हेपेका रैछन् । तिमीले प्रष्ट देखाइदियौ, तिनले आफ्नो र आफ्ना जनताको सुरक्षामा कति खर्च गरेका रैछन् र कति मजबुत सिस्टम बनाएर रैछन् भनेर ।

त्यसैले त भन्दैछन्, तिमीले नयाँ युद्ध थाल्यौ रे ! सारा विश्व एकातिर अनि तिमी अर्कोतिर भएर तेस्रो विश्वयुद्धको अवस्था छ रे अहिले । तिमीतर्फ त के क्षति भयो होला र खै, फैलिएको फैलियै छौ, कतै बाँकी नराखी । यता भएका क्षति मिडियामार्फत सार्वजनिक भइरहेका छन् । अस्पताल र स्वास्थ्यसँग सम्बन्धित संरचना नै ध्वस्त हुनेगरी मानिसलाई ढालिदियौ तिमीले । सबैतिर हा–हाकार मच्चाइदियौ ।

स्वार्थमा अन्धो भएको दुनियाँ, शक्तिमा घमण्ड गरिरहेको दुनियाँलाई केही सातामै यति निरीह र कमजोर बनाएर तिमीले आफ्नो शक्ति देखाइसक्यौ कोरोना । दुनियाँलाई बाँच्न देऊ अब । बाँचिरहे अरु यस्ता के–के देख्छन् के–के !


अचानक तिम्रो उत्पत्ति, चमत्कारिक रुपमा तिम्रो फैलावट । अहिलेको विज्ञान र चिकित्सा शास्त्रलाई नै चुनौती दिने तिम्रो स्वरुप । अब यसबारे मानिसलाई बहस गर्ने मौका देऊ । अरबौँ डलरका क्षेप्यास्त्र प्रतिरोधी सुरक्षा प्रणालीमात्रले ती देशका नागरिक सुरक्षित हुन नसकेको यो अवस्थाबारे तिनका शासकलाई मनन् गर्न समय देऊ ।


अचानक तिम्रो उत्पत्ति, चमत्कारिक रुपमा तिम्रो फैलावट । अहिलेको विज्ञान र चिकित्सा शास्त्रलाई नै चुनौती दिने तिम्रो स्वरुप । अब यसबारे मानिसलाई बहस गर्ने मौका देऊ । अरबौँ डलरका क्षेप्यास्त्र प्रतिरोधी सुरक्षा प्रणालीमात्रले ती देशका नागरिक सुरक्षित हुन नसकेको यो अवस्थाबारे तिनका शासकलाई मनन् गर्न समय देऊ । निजी विमान लिएर विश्वका कुना–कुना हिँड्ने धनाढ्यदेखि लिएर चप्पलबिना कुर्कुच्चा खियाएर हिँड्ने आम सर्वसाधारणसम्म घरभित्रै नजरबन्द हुनुपरेको परिस्थितिबारे समाजमा चर्चा हुन देऊ ।

आफ्नो पं्रभाव र भूमिकालाई यो समाजमा एउटा शिक्षा दिनसम्म मात्रै सीमित राख । अब पुगिसक्यो, प्रकृतिमाथि मानवजातिले गरेको अत्याचार र अन्धदौडका बारेमा सोच्न र बुझ्नको लागि तिम्रो अहिलेसम्मको प्रकोप पर्याप्छ भइसक्यो । त्यसैले अब थप नोक्सानमाथि नोक्सान नगराऊ । ओह कोरोना ! प्लिज बाँच्न देऊ न यार !

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.