शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा लकडाउनकै अवधिमा एक किशोरी बलात्कृत

शुक्रबार, १४ चैत २०७६, २१ : ३१
शुक्रबार, १४ चैत २०७६

रौतहट । लकडाउनको अवधिमै रौतहटमा एकजना किशोरी बलात्कृत भएकी छिन् ।  कटहरिया नगरपालिका वडा ७ बगहीगाँउस्थित एक जना १७ वर्षीय किशोरीलाई २८ वर्षीय भाग्यनारायण साहलले बलात्कार गरेको आरोप छ । 


साहले दुईदिन अघिमात्र एकजना छिमेकीको छोरीलाई केही काम छ भनी आफनो घरमा बोलाएका थिए । घरका महिला र अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी साहले दिउसै ढोका थुनेर बलात्कार गरेका थिए ।


बलात्कार गरेको भिडिओ बनाएर घटनाबारे कसैलाई भनेमा भिडिओ सामाजिक संजालमा राखिदिने भन्दै साहले पटक पटक धम्की दिँदै आएका थिए । पीडितले घटनाबारे बाबु आमालाई बताएपछि घटना बाहिर आएको थियो ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले साहमाथि जबरजस्तीकरणी मुद्दा दर्ता भएको र भिडिओ बारे थप अनुसंधान भइरहेको बताए । पीडितको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण भइसकेको र आरोपी साहको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।


बलात्कार गरेको घटनाबारे पीडितले आफ्ना बाबु आमालाई भने लगत्तै साह फरार भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप