बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यास र नुनमा कालोबजारी गर्ने २ जना पक्राउ

शुक्रबार, १४ चैत २०७६, २० : ५५
शुक्रबार, १४ चैत २०७६


जनकपुर । नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनको क्रममा कालोबजारी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


शुक्रबार जनकपुरस्थित बजार अनुगमनको लागि खटिएको प्रहरी टोलीले नुन र ग्यासमा कालोबजारी गरिरहेको अवस्थामा उनीहरु पक्राउ गरेका हुन् ।

जनकपुरधाम उपमहानगर वडा नम्बर ११ वस्ने वर्ष ४५ को जय प्रकाश साहलाई ग्यास सिलिण्डर स्टोरमा राखि सेवा ग्राहीहरुलाई विक्री नगरेको आरोपमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । 

त्यस्तै जनकपुरधाम उपमहानगर वडा नम्बर १४ वस्ने वर्ष  ४७ को नरेश साहलाई नुन प्रति  किलो ३५ रुपैयाँमा  बेचि रहेको आरोपमा पक्राउ गरेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप