शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टाइनमा मृत्यु भएका नेपालीको रिपोर्ट नेगेटिभ

शुक्रबार, १४ चैत २०७६, १८ : ४५
शुक्रबार, १४ चैत २०७६

रुपा गाउँपालिकामा क्वारेन्टाइनमा राखी बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएका विश्ववन्धु नेपालीको कोरोना नभएको पुष्टि भएको छ । 

गाउँपालिका–५ देउरालीस्थित सामुदायिक वनको भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका नेपालीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पोखरा लगिएकोमा चैत १२ गते मृत्यु भएको थियो ।

मृत्युपश्चात कोराना भए वा नभएको पुष्टि गर्न नमूना परीक्षणका लागि काठमाडौँस्थित टेकु अस्पताल पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु घिमिरेले जानकारी दिए ।

क्वारेन्टाइनमा राखिएको व्यक्ति मृत्यु भएपछि कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको थियो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार भारतको हैदरावादबाट आएका ५५ वर्षीय नेपालीको क्वारेन्टाइनमा भएको मृत्युले सर्वसाधारणमा देखिएको मनोवैज्ञानिक त्रास नमूना परीक्षणको रिपोर्टले अन्त्य भएको छ ।

क्वारेन्टाइनमा रहेका २३ जनामध्ये दुई जनाको १४ दिन अवधि पूरा गरेर आज घर फर्केको जानकारी दिंदै उनले विदेशीबाट गाउँ फर्कने सङ्ख्यामा थप हुने भएपछि रामकोट मावि र ध्रुवतारा क्लबको भवनमा २७ बेड तयार गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप