शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अलपत्र परेका पर्यटकको उद्धार गर्न पोखरा उड्यो यती एअरको विमान

शुक्रबार, १४ चैत २०७६, १८ : २४
शुक्रबार, १४ चैत २०७६

काठमाडौं–  कोभिड–१९को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरेपश्चात् पोखरामा पर्यटकहरु अलपत्र परेपछि यती एअरलाइन्सले उनीहरुको उद्धार गर्न आज पोखरा विमान पठाएको छ । अलपत्र ५८ जना पर्यटकहरुमा धेरै स्वीस नागरिक र केही युरोपियन देशका नागरिकहरु छन् । 

काठमाडौं स्थित स्वीस दूतावासले आफ्ना नागरिकहरुको उद्धारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर नीजि वायुसेवा कम्पनी यती एअरलाइन्सले पर्यटकहरु उद्धारका लागि विमान पठाएको हो । यती एअरलाइन्सको ७२ सिट क्षमता भएको ATR-72 9N-AMN विमान यात्रु लिन त्रिभुवन विमानस्थलबाट साँझ ५ बजे पोखरातर्फ प्रस्थान गरेको थियो । 

यसका साथै यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले हिजो लुुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र आज विहान पनि १४ जना अस्ट्रेलियन नागरिकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो । लकडाउनपश्चात् अलपत्र परेका पर्यटकहरुको उद्धारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एअरलाइन्सले जहाज पठाइरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप