शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिपन्न र मजदुरलाई राहत दिन नेता लेखकको आग्रह

शुक्रबार, १४ चैत २०७६, १८ : २०
शुक्रबार, १४ चैत २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री रमेश लेखकले लामो समयको लकडाउनका कारणले बिपन्न वर्ग र दैनिक ज्यालादारी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुरहरुका लागि तत्काल आर्थिक प्याकेज ल्याएर राहत दिन सरकारलाई सुझाव दिएका छन् ,

शुक्रबार सामाजिक सञ्जालमार्फत  भिडियो सन्देश  सम्प्रेषण गर्दै नेता लेखकले विश्वब्यापी महामारीको रुपमा रहेको कोरोना (कोभिड १९ )रोकथामको लागि सरकारले लकडाउन गरेर घरभित्र सुरक्षित बस्ने गरेको निर्णय सकारात्म रहेको  बताए । 

सबै नागरिकले सरकारको निर्णय पालना गर्नुपर्नेमा उनले जोड दिए ।

कोरोनाको जोखिममा रहेका र संक्रमणको सम्भावना भएका सबैको स्वास्थ्य परिक्षणको लागि सरकार र सम्बन्धित निकायले आवश्यक उपकरण ,औषधिलगायतको व्यवस्था मिलाउन उनले ध्यानाकर्षण गराए । 

देशभरबाट नै स्वास्थ्य परिक्षणको ब्यवस्था मिलाउन  पनि नेता लेखकको आग्रह छ ।

नेता लेखकले महामारी रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई सुरक्षित राख्न आवश्यक पोसाक, उपकरण र सामग्रीहरु उपलब्ध गराउन समेत सरकार र सम्बन्धित निकायलाई सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप