
नेपालमै बन्न थाल्यो पीपीई, तस्विरमा हेर्नुहोस्

राष्ट्रिय आविष्कार केन्द्रले कोभिड १९ को महामारीसँग लड्न फ्रन्टलाइनमा बस्ने स्वास्थकर्मी र सुरक्षाकर्मीको निम्ति पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई) ड्रेस बनाउन सुरु गरेको छ । अहिले काठमाडौँको चप्पल कारखानामा धमाधम पीपीई निर्माणमा कामदारहरु खटिएका छन् ।
देशमा पीपीईको अभाव देखिएपछि आफूहरुले यसको निर्माण शुरु गरेको केन्द्रले जनाएको छ । यसमा रबराइज्ड तथा एयरप्रुफ सामग्री प्रयोग गरिएको केन्द्रको भनाइ छ । यसको सर्टिफिकेसन नभएपनि आफूहरुले निर्धारित गाइडलाइन अनुसार नै यसको निर्माण गरेको केन्द्रले दाबी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा उपलब्ध पीपीईकै तुलना गरेर आफूहरुले पनि पीपीईको उत्पादन शुरु गरेको केन्द्रले जनाएको छ ।
‘भोलि देशमा पनि महामारी फैलिएको खण्डमा आविष्कार केन्द्रले मात्र निर्माण गरेको पीपीईले पुग्दैन,’ केन्द्रका इनोभेसन म्यानेजर सुनिल बानिया भन्छन्, ‘यसमा नेपाल सरकार र सम्बन्धित निकायले अग्रसरता देखाए केन्द्रले प्राविधिक सहयोग प्रदान गर्न तयार रहेको छ ।’
हेर्नुहोस् तस्विरहरुः

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
तपाईको ईमेल गोप्य राखिनेछ