सनराइज बैंकले दियो नेपाल पुलिस हस्पिटललाई ६५ थान पीपीई उपकरण

कठमाडौं– सनराइज बैंकले कोरोनाभाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै नेपाल पुलिस हस्पिटल महाराजगञ्जमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई ६५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ ।
यसबाट हस्पिटलका डाक्टर तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्दत पुग्ने विश्वास बैंकको छ छ ।
सम्पूर्ण विश्व नै त्रसित हुनेगरी फैलिरहेको कोरोनाभाइरसले नेपाललाई समेत असर गरेसँगै नेपाल सरकारले सात दिनको लकडाउन गरी आ–आफ्नो घरमा सुरक्षित रहन भनेको छ । यो अवस्थामा नेपाल सरकारलाई साथ दिन र सहयोग गर्न सबै सघंसस्था तथा व्यक्तिहरुको भूमिका उत्तिकै हुन्छ ।
यहि अवधारणाअन्तर्गत सनराइज बैंकले समाजिक उत्तरदायित्व वहन गरी कोरोनाभाइरसलाई मध्यनजर गर्दै नेपाल पुलिस हस्पिटल महाराजगंजमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण ६५ थान सहयोग गरेको जनाएको छ ।
नेपाल पुलिस प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले आइ.जी.पी. ठाकुर प्रसाद ज्ञावालीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेका हुन् । बैंकले आगामी दिनमा पनि देशका विभिन्न समाजिक कार्यमा हातेमालो गर्दै जाने सिइओ शर्माले बताए ।
कार्यक्रममा आइ.जी.पी ठाकुर प्रसाद ज्ञावालीले यस्तो कार्यले हस्पिटललाई ठुलो राहत भएको बताए ।