बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सनराइज बैंकले दियो नेपाल पुलिस हस्पिटललाई ६५ थान पीपीई उपकरण

शुक्रबार, १४ चैत २०७६, १८ : १२
शुक्रबार, १४ चैत २०७६

कठमाडौं– सनराइज बैंकले कोरोनाभाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै नेपाल पुलिस हस्पिटल महाराजगञ्जमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई ६५ थान व्यक्तिगत  सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ । 

यसबाट हस्पिटलका डाक्टर तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्दत पुग्ने विश्वास बैंकको छ छ । 

सम्पूर्ण विश्व नै त्रसित हुनेगरी फैलिरहेको कोरोनाभाइरसले नेपाललाई समेत असर गरेसँगै नेपाल सरकारले सात दिनको लकडाउन गरी आ–आफ्नो घरमा सुरक्षित रहन भनेको छ । यो अवस्थामा नेपाल सरकारलाई साथ दिन र सहयोग गर्न सबै सघंसस्था तथा व्यक्तिहरुको भूमिका उत्तिकै हुन्छ ।

यहि अवधारणाअन्तर्गत सनराइज बैंकले समाजिक उत्तरदायित्व वहन गरी कोरोनाभाइरसलाई मध्यनजर गर्दै नेपाल पुलिस हस्पिटल महाराजगंजमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई व्यक्तिगत  सुरक्षात्मक उपकरण ६५ थान सहयोग गरेको जनाएको छ । 

नेपाल पुलिस प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले आइ.जी.पी. ठाकुर प्रसाद ज्ञावालीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेका हुन् । बैंकले आगामी दिनमा पनि देशका विभिन्न समाजिक कार्यमा हातेमालो गर्दै जाने सिइओ शर्माले बताए ।

कार्यक्रममा आइ.जी.पी ठाकुर प्रसाद ज्ञावालीले यस्तो कार्यले हस्पिटललाई ठुलो राहत भएको बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप