नेपाल टेलिकमको अनुरोधः कम्पनीहरुले महसुल भुक्तानी गर्दा एनटी रिचार्ज कार्ड वा विद्युतीय माध्यमबाट गर्नुहोस्
काठमाडौं– नेपाल टेलिकमले कम्पनीका सेवाहरुको महसुल एनटी रिचार्ज कार्ड (NT Recharge Card) वा विद्युतीय माध्यममार्फत भुक्तानी गर्न अनुरोध गरेको छ ।
हालको विषम परिस्थितीलाई मध्यनजर गरी टेलिकमले कम्पनीका सेवाहरुको महसुल भुक्तानी रिचार्ज कार्ड वा विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको हो ।
कोरोनाभाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेसँगै टेलिकमले असहज परिस्थितीमा पनि आफ्ना ग्राहकका लागि सहज सेवा उपलब्ध गराउन तत्पर रहेको बताएको छ ।
टेलिकमले बुधबार राति १२ बजेदेखि रिचार्जमा शतप्रतिशत बोनस सेवा पनि सुरु गरेको थियो । बुधबार बसेको टेलिकम सञ्चालक समितिको बैठकले नेपाल दुरसञ्चार प्राधिकरणको निर्देशनअनुसार रिचार्जमा शतप्रतिशत बोनस सेवा सुरु गर्ने निर्णय गरेको थियो ।
नेपाल दुरसञ्चार प्राधिकरणले ग्राहकलाई २०० रुपैयाँसम्म सापटी उपलब्ध गराउन टेलिकम कम्पनीहरुलाई निर्देशन दिइसकेको छ भने रिचार्जमा पनि शतप्रतिशत बोनस दिनुपर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना