शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री नन्दिता भन्छिन्– कोरोनाको सन्देश गाउँमा पुर्‍याउनु आवश्यक छ

शुक्रबार, १४ चैत २०७६, १५ : ५५
शुक्रबार, १४ चैत २०७६

काठमाडौं । अभिनेत्री नन्दिता केसीले कोरोना भाइरसबाट बच्नका लागि गाउँमा पनि सचेतना फैलाउनु आवश्यकता रहेको औंल्याएकी छन् । उनले एक भिडियो सन्देशमार्फत सो कुरा बताएकी हुन् । ‘शहरी क्षेत्रका मानिसलाई विभिन्न माध्यमबाट कोरोनाको चेतना भएको छ । गाउँमा यसको जानकारी पुर्याउनु जरुरी छ’ उनले भिडियो सन्देशमा भनेकी छन्, ‘सामाजिक सञ्जाल वा अन्य माध्यमबाट शहरी क्षेत्रमा बस्ने मानिसहरु विश्वमा कोरोनाले निम्त्याएको प्रकोपको जानकार छन् । यसबाट कसरी बच्न सकिन्छ त्यो थाहा छ ।’

अभिनेत्री केसीले समाचार, इन्टरनेट लगायतका मध्यम पुग्न नसक्ने स्थानमा समेत कोरोनाको सन्देश पुर्याउनु पर्नेमा उनले जोड दिएकी छन् । ‘स्वास्थ्य चौकी पुग्न घन्टौं लाग्ने ग्रामीण क्षेत्रमा कोरोनाबाट बच्ने उपाय र यसको लक्षण देखिए कसलाई सम्पर्क गर्ने भन्ने जानकारी पुर्याउनु जरुरी छ’ उनले थपिन् ।

अभिनेत्री केसीले सामाजिक सञ्जालमा भ्रम सृजना गर्ने समाचारहरु पोस्ट नगर्न यस्तो समाचार प्रति सजक रहन सबैलाई आग्रह गरेकी छन् । एक समय नेपाली चलचित्रमा बाक्लै देखिने अभिनेत्री नन्दिता पछिल्लो समय भने अभिनय भन्दा टाढा रहेकी छन् । तर अहिले भने भिडियो सन्देश मार्फत सबै माझ जोडिन पुगेकी हुन् ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप