शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किस्ट अस्पतालका डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तको आक्रोश र रुवाबासी (भिडियो)

शुक्रबार, १४ चैत २०७६, १५ : १८
शुक्रबार, १४ चैत २०७६

डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तले आक्रोश पोखेका छन् । ललितपुरको किष्ट मेडिकल अस्पतालमा घरमा सानो खाट (लोबेड) बाट लडेर बेहोस भएकी बालिकाको उपचार नगरेका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

९ महिनाकी बालिका कृष्टिना खत्री शुक्रबार साढे १२ बजे लडेर बेहोस भएपछि १५ मिनेटभित्र अस्पतालमा ल्याएको उनका बुवा नवराज खत्रीले बताए । अस्पतालको इमरजेन्सीमा लगेर राखेपछि डाक्टरले चेकजाँच गर्ने तथा अक्सिजन दिन केही पहल नगरेको उनीहरुको आरोप छ ।

बालिकाकी हजुरआमा राधिका खत्रीले डाक्टरहरुले वास्ता नगरेको कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोश व्यक्त गरिन् । 

इमरजेन्सी बेडमा सुताएपनि उपचारका लागि डाक्टरले बालिकालाई नहेरेपछि जबरजस्ती भित्र पसेर अर्को अस्पतालमा उपचारका लान खोज्दा डाक्टरले बालिकाको मृत्यु भएको बताएको खत्रीले बताए । 

अस्पतालले लापरबाही गरेको भन्दै उनीहरुले बालिका जिवितै रहेको आशंकामा ललितपुरको अर्को अस्पताल बी एण्ड बीमा लगे  । तर त्यहाँ अस्पताल ल्याउन ढिला भएको कारण मृत्यु भएको डाक्टरले बताएको खत्रीले बताए । लापरवाही गर्ने अस्पताल र डाक्टरलाई कारवाही गर्न उनीहरुले माग गरेका छन् । 

सिन्धुली घर भइ हाल ललितपुरको लुभू पानी ट्यांकीमा डेरा गरी बस्ने नवराज खत्री र सुनिता मोक्तान खत्रीकी छोरी घरमा खेल्दाखेल्दै लडेर बेहास भएकी थिइन् । 

बालिकाको मृत्युपछि अस्पताल प्रशासनले अस्पताल हाताभित्र प्रहरी बोलाएकोे थियो । बालिकाको मृत्युको कारणबारे बुझ्न खोज्दा अस्पताल प्रशासनले जानकारी दिन चाहेन । 

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप