किस्ट अस्पतालका डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तको आक्रोश र रुवाबासी (भिडियो)
डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तले आक्रोश पोखेका छन् । ललितपुरको किष्ट मेडिकल अस्पतालमा घरमा सानो खाट (लोबेड) बाट लडेर बेहोस भएकी बालिकाको उपचार नगरेका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।
९ महिनाकी बालिका कृष्टिना खत्री शुक्रबार साढे १२ बजे लडेर बेहोस भएपछि १५ मिनेटभित्र अस्पतालमा ल्याएको उनका बुवा नवराज खत्रीले बताए । अस्पतालको इमरजेन्सीमा लगेर राखेपछि डाक्टरले चेकजाँच गर्ने तथा अक्सिजन दिन केही पहल नगरेको उनीहरुको आरोप छ ।
बालिकाकी हजुरआमा राधिका खत्रीले डाक्टरहरुले वास्ता नगरेको कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोश व्यक्त गरिन् ।
इमरजेन्सी बेडमा सुताएपनि उपचारका लागि डाक्टरले बालिकालाई नहेरेपछि जबरजस्ती भित्र पसेर अर्को अस्पतालमा उपचारका लान खोज्दा डाक्टरले बालिकाको मृत्यु भएको बताएको खत्रीले बताए ।
अस्पतालले लापरबाही गरेको भन्दै उनीहरुले बालिका जिवितै रहेको आशंकामा ललितपुरको अर्को अस्पताल बी एण्ड बीमा लगे । तर त्यहाँ अस्पताल ल्याउन ढिला भएको कारण मृत्यु भएको डाक्टरले बताएको खत्रीले बताए । लापरवाही गर्ने अस्पताल र डाक्टरलाई कारवाही गर्न उनीहरुले माग गरेका छन् ।
सिन्धुली घर भइ हाल ललितपुरको लुभू पानी ट्यांकीमा डेरा गरी बस्ने नवराज खत्री र सुनिता मोक्तान खत्रीकी छोरी घरमा खेल्दाखेल्दै लडेर बेहास भएकी थिइन् ।
बालिकाको मृत्युपछि अस्पताल प्रशासनले अस्पताल हाताभित्र प्रहरी बोलाएकोे थियो । बालिकाको मृत्युको कारणबारे बुझ्न खोज्दा अस्पताल प्रशासनले जानकारी दिन चाहेन ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण