न सरकारले बचाउँछ न पशुपतिले
पत्रकार महासंघ कास्कीले जोखिम नमोलिकन घर बसेर काम गर्न अनुरोध गरेको छ । फोनमा समाचार बुझ्न खोज्यो सरकारको तयारी भरिपूर्ण भए झै सुनिन्छ । प्रवक्ताहरु त्यसै भन्छन् । तर खासमा फिल्डमा त्यस्तो छैन । साँच्चै तयारी कस्तो रहेछ भनेर फिल्डतिर निस्कन्छु । तर फिल्डमा सरकारको काम केहि देख्न सकिदैन । त्यो दिनको फिल्ड भीजिटको अवसरमा गरिएका अनौपचारिक कुराकानीलाई राख्न उचित ठानेको छु ।
गण्डकी प्रदेशले राख्ने भनेको आइसोलेसन हस्पिटलमा पुग्दा मुटुमा सियोले घोचेको जस्तो भयो । अघिल्लो दिन प्रदेश सरकारले पत्रकारलाई बाँडेको झुटको पुलिन्दाको झलझली याद आइरहेको थियो । ६० बेड भनेर राखिएको अस्पतालमा कनिकुथी १२ वेड थिए । अस्पतालका जिम्मेबार व्यक्तिहरुले नै आइसोलेसन वार्ड बन्ने कुराबारे अनविज्ञता प्रकट गरिरहेका थिए । यस्तो संबेदनशील विषयमा राज्यले गरेको गैह्रजिम्मेबार गतिविधिले प्रदेश सरकारलाई कागजी बाघ मात्र बनाएको थियो ।
अस्पतालमा न तयारीका लागि आवश्यक पर्ने पुर्वाधारहरुको निर्माण भएको थियो । न स्वास्थ्य सम्बन्धी नै केहि तयारी थियो । अरु त परै जाओस् कोरोनासम्बन्धी जनचेतना जगाउने एउटा पोष्टरसम्म पनि थिएन ।
त्यसपछि गण्डकी अस्पताल पुग्दा अस्पतालमा विरामी भन्दा चिकित्सकहरु बढी त्रसित देखिन्थे । अस्पताल प्रवेशद्धारमा नै ज्वोरो मापन गर्न हाफ पीपीई लगाएर चिकित्सकहरु बसेका थिए । ज्वोरो आएका विरामीहरुलाई फीवर क्लिनिकमा पठाइएको थियो । तिनीहरुलाई अलि टाढै राखेर चिकित्सकले परामर्श दिइराखेका थियो । कोरोना संक्रमणको शंका लागेर अस्पताल पुगेको विरामीहरुको तत्कालै टेष्ट लिनसक्ने अवस्था अस्पतालसँग छैन । बिरामीको टेष्टको लागि पहिले ट्राभल हिस्ट्री हेरिन्छ, विदेशबाट आएको व्यक्तिसँग सम्पर्क भए नभएको हेरिन्छ अनि अति धेरै संक्रमितजस्तो देखिएको बिरामीको मात्र स्याम्पल टेष्ट गरिन्छ । कारण अस्पतालसँग स्याम्पल टेष्ट गर्नका लागि आवश्वय पर्ने किट नै छैन । यस्तै पीपीई कस्ले प्रयोग गर्ने भन्ने विषयमा झगडा नै हुन्छ ।‘पीपीइ पाइयो भने म व्यक्तिगत खर्च गरेर पनि किन्न तयार छु । तपाईंहरुसँग त चिनजान हुन्छ त्यति गरिदिन पर्यो सर, यस्तो जोखिममा काम गरेको छ । शुरक्षित त हुन पर्यो नि होइन ? यता स्वास्थ्यकर्मीले पीपीइ नपाएर विजोग छ उता महानगरका प्रवक्ता पीपी लगाएर फोटो खिचेको तस्विर फेसबुकमा हाल्छन् ।’ एकजना चिकित्सकले समाचार नबनाउने सर्तमा भनेका थिए ।
पीपीईको अभावमा स्याम्पल झिक्ने काम जम्मा दिनको एक घण्टा मात्र हुन्छ । तिन घण्टासम्म मात्र प्रयोग गर्नुपर्ने पीपीई अभावको कारण दिनभर प्रयोग गर्नुपर्ने बाध्यता छ । स्याम्पल निकाल्ने व्यक्तिहरु सबैभन्दा बढिी जोखिममा छन् । उनी भावुक हुँदै भन्छन्–‘प्रदेश सरकारले निजी हस्पिटलमा पनि तयारी छ भन्छ तर निजि हस्पिटलले विरामीहरुलाई ज्वरो टेष्ट गरेर फिर्ता गरिदिन्छ । त्यस्तो संकट समयमा त निजि हस्पिटलले पनि सहयोग गर्नु पर्ने होइन र ? हामीले त सक्ने भन्दा बढी गरिरहेका छौँ ।’ विरामीलाई स्याम्पल निकालिसकेपछि घर पठाउनुपर्ने बाध्यता छ । यद्यपी सुरक्षाको हिसावले स्याम्पल निकालेपछि विरामीलाई क्वेन्टाइनमा राख्नुपर्ने हुन्छ । त्यसका लागि तयारी नै छैन । अझै कोही बिरामीमा पोजेटिभ केस आइहाल्यो भने आसियुलेसनमा राख्नपर्छ । त्यसको हविगत त मैले अघि नै बताइसकें । सहयोग विना पनि चिकित्सकहरुले जुन जोखिम मोलेर काम गरिरहेका छन् । त्यो सम्मान गर्न लायक नै छ ।
लकडाउन भएको समयमा सडकमा बसेर जनतालाई घरबाहिर ननिस्कन खवरदारी गरिरहेका प्रहरीहरु पनि जोखिमपुर्ण काममा छन् । धेरै मान्छेहरुसँग सम्पर्कमा रहनुपर्ने प्रहरी जवानसँग मास्कबाहेक अन्य केही स्वस्थ्य सुरक्षाका सामाग्री छैनन् । तर पनि उनीहरु उच्च मनोवलको साथमा काम गरिरहेका छन् । यो संकटको नेपाल प्रहरीको काम पनि सम्मान गर्न लायक नै छ ।
सरकारको जिम्मा लिएर बसेका पदाधीकारीहरुको दिनमा जसोतसो बैठकमा नै जान्छन् । हामीसँग लकडाउन गर्नु अघिपनि धेरै समय थियो पूर्व तयारीको लागि । तर पर्याप्त काम हुन सकेन । आज त्यसैको असर भोगिरहेका छौँ । देशको स्वास्थ्य मन्त्रालय सम्हालेर बसेका मन्त्रीले गैरजिम्मेबार अभिव्यक्ति दिन्छन् । स्वास्थ्य मन्त्रीलाई नै पीपीईबारे जानकारी छैन । अनि कसरी गाउँगाउँमा पीपीइ पुग्छ ? गम्भीर प्रश्न हो ।
स्वास्थ्य मन्त्री भन्दा पनि गैरजिम्मेबार प्रदेशका मुख्यमन्त्रीहरु छन् । तयारी कस्तो छ निरीक्षण विना पत्रकार सम्मेलन गरेर यो यो तयारी गरेका छौँ भनेर भन्छन् । नकि त्यो ठाउँ कहाँ पुर्छ सम्म पनि थाह हुँदैन ।
हामीले तयारीका लागि त्यतिका समय पाउँदा पनि केहि गर्न सकेनौं । त्यो सबैभन्दा दुखद कुरा हो । अव यो समय जनताले सावधानी नअपनाउने हो भने खतरा धेरै छ। जनतालाई लकडाउन सामान्य विषय लागेको छ । अझै सरकारको लागि र प्रहरीको लागि घरमा बसेको जस्तो भान भाको छ । देशको उच्चपदस्थ नेता,कमचारीहरुले नै यसको उलङ्घन गरेका छन् । जनताहरुले पनि हेलक्राई गरेका छन् । अरुका लागिजस्तो ठानेर जनताहरुले लक डाउन उलंघन गरिरहने हो भने अर्को संकट निम्तने कुरालाई कसैले रोक्न सक्दैन ।
मैले फिल्डमा डुल्डा र चिकित्सकहरुको अनौपचारिक कुराकानीमा बुझेको कुरा के हो भने जनताले यसलाई गम्भीर रुपमा नलिने हो भने राज्यको यस्तो फितलो तयारीले हामीलाई बचाउन सक्दैन । यो महामारीबाट बाँच्न र बचाउँनका लागि हामीसँग सबैभन्दा ठुलो दायित्व छ । त्यो दायित्व पुरा गर्न सकेको खण्डमा हामी आफूपनि बाँच्छौ र अरुलाई पनि बचाउछौँ । जनस्तरबाट नै यो विषयमा गम्भीर नहुने हो भने न पशुपतिले बचाउँछ न सरकारले बचाउँछ । अहिलेको उत्तम उपाय दुरी बढाउने र घरभित्र बस्ने नै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक