
भरतपुरमा अहिलेसम्म संक्रमित व्यक्ति भेटिएका छैनन्ः रेनु दाहाल
‘छिमेकी देशबाट पनि उपचार गर्न आएका छन्’

कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि ७२ घण्टामा भरतपुर महानगपालिकाकी मेयर रेनु दाहालको पहलमा भरतपुरमा अस्थायी अस्पताल निर्माण भएको छ । अस्पताल सञ्चालनमा आएपछि एक सय भन्दा बढीले सेवा लिइसकेको अस्पताल प्रशासनले जनाएको छ ।
आइसियु, एचडीयु र जनरल वार्डसहित ७० शैयाको अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएपछिको पछिल्लो अवस्था कस्तो छ ? कसरी सञ्चालनमा आएको छ ? कति जना संक्रमित भेटिए ? जस्ता विषयमा केन्द्रीत रहेर भरतपुर महानगरपालिकाकी मेयर दाहालसँग गरिएको कुराकानीको सम्पादित अशंः
अस्पतालको पछिल्लो अवस्था कस्तो छ ?
छोटो समयमा सञ्चालनमा ल्याएर राम्रो सेवा दिन सकिन्छ कि सकिन्न भन्ने एउटा त्रास हामीलाई नि थियो । तर, सोचेको भन्दा राम्रो तरिकाले अस्पतालले सेवा दिँदै आएको छ । सबै दृष्टिकोणबाट चाहिँ हामी सफल छौं ।
कहाँ कहाँबाट उपचारको लागि आएका छन् ?
चितवन मेडिकल सिटीको रुपमा छ । अस्पतालमा दक्ष जनशक्ति पनि छन् । देशैभरीबाट यहाँ उपचार गर्न आउँछन् । छिमेकी देशहरुबाट पनिआएका छन् ।
अस्पताल बनाउने सोच कहाँबाट आयो ?
भयावह अवस्थाको रुपमा फैलिएको कोरोना रोगले सबैलाई त्रसित बनाइरहेको अवस्थामा पूर्व तयारीको लागि हामीसँग पर्याप्त समय थियो । यो समय भएको बेला यसलाई सही ढंगले सदुपयोग गरौं र पूर्वतयारी अवस्थामा रहौं भन्ने हिसाबले जुट्यौं ।
सरोकारवाला पक्ष सबैको साथ पनि पायौं । सबैले सहयोग गर्नुभयो । डाक्टर साब, विषयविज्ञको साथ र सहयोगबाट पूर्वतयारीको लागि जुट्यौं । अनि मात्रै अस्पताल बनाउन सम्भव भयो ।
पूर्वतयारीमा जुट्नुको विकल्प छैन भनेर हामी जुट्यौं, छलफल गर्यौं । यहाँ थुप्रै सरकारी, नीजि, केन्द्रीय अस्पतालहरु छन् । क्यान्सर अस्पताल छ । मेडिकल कलेजहरु पनि छ । तर, यो संकटको घडीमा त्यस्ता खालका बिरामीहरुलाई उपचार गर्ने क्विक खालको एउटा रेस्पोन्स गर्ने अस्पतालको आवश्यकता थियो । अन्य सम्बन्धित हस्पिटलहरु पनि डराउने मिक्समाक्स भएको अवस्थामा छुट्टै खालको विशिष्टकृत बनाउनुपर्छ भन्ने लाग्यो ।
कोरोना डेटिकेटेट अस्पतालको रुपमा जति पनि कोरोनासँथ सम्बन्धित शंका लागेकाहरुलाई छुट्टै खालको सेवा दिनपर्छ भनेर यो पर्याप्त हामीसँग हल पनि थियो । त्यसैले सञ्चालनमा ल्याएका हौं ।
कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
चीनमा यो रोग निम्तिँदै गर्दाखेरी अरु देशले छिट्टै आफ्नो देशमा आउला भनेर कसैले सोचेको थिएन । उनीहरुलाई त्यो महसुस पनि भएन । हाम्रो देशमा पनि आउन सक्छ भनेर पूर्वतयारी रहने अवस्था भएन । जस्तो युरोपियन देशहरु तिव्र रुपले जुन संक्रमण फैलिएको छ यति नभएर शक्तिशाली राष्टहरुमा पनि फैलिएको छ ।
त्यहाँका राज्यको विशिष्ट ओहोदाका व्यक्तिहरुमा पनि यो संक्रमण फैलिएको छ । राजकुमार, मेयरदेखि लिएर डाक्टरहरु थुप्रैलाई संक्रमण फैलिएको अवस्था छ । तर, चितवनमा हालसम्म संक्रमित बिरामी भेटिएको पनि छैन ।
नभेटियोस् भन्न चाहन्छु । यदि त्यस्तो शंका लागेको पाइएमा अस्पताल ल्याउन सबैले मद्दत पनि गर्नुभएको छ । सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया पाएको छु ।
अहिलेसम्म कति जनाले सेवा लिए ?
१११ जनाले सेवा लिनुभएको छ ।अहिलेसम्म संक्रमित कसैमा देखिएको छैन । अहिले ११ जना अस्पतालमा भर्ना गरिएको छ । भर्ना गरेकोमध्ये ८ जनाको टेस्ट गइसकेको छ टेकु अस्पतालमा । त्यसमा २ जनाको नेगेटिभ रिजल्ट आइसकेको छ । ६ जनाको आउन बाँकी छ । त्यसपछि आज थप ७ जनको परीक्षण पठाइन्छ ।
पब्लिकको गुनासो छ भन्ने आरोप लागेको हो?
कतार जापान जस्ता संक्रमित देशबाट आएका मान्छेहरुलाई क्वारेन्टाइनमा ल्याएर राख्नु चेकजाँच गर्नु नराम्रो हो र ?चितवन जिल्लाका ६ जना कतार एयरवेजबाट नेपाल आएको भनेपछि उनीहरुको खोजी गर्नु प्रशासनको कर्तव्य हो । १४ दिनसम्म उनीहरुलाई छुट्टै ढंगले राख्न पर्यो । अर्को कुरा त्यस्तो केही रोग छ भने (जस्तै रुघाखोकी, ज्वरो) आएको छ भने तिनीहरुलाई यहाँ राखेर स्वायब लिएर परीक्षणको लागि पठाउन त पर्यो । त्यो हिसाबले मात्र हो । विदेशबाट आउनेहरुलाई आफ्नो घरमा क्वारेन्टाइनमा बस्न अनुरोध पनि गरेका छौं ।
अस्पतालमा कतिवटा एम्बुलेन्स सेवा उपलब्ध छ ?
स्ट्यान्डबाई २ वटा छ । आवश्यकता परेको खण्डमा अरु उपलब्ध गराउँछौ । बाहिर बाहिर चाहिँ थुप्रै छ ।
डाक्टरहरु कति जना छन् ?
लगभग १०० जना हुनुहुन्छ । आलोपालो गरेर सेवा दिइराख्नुभएको छ । डाक्टर मात्र नभई अरु कर्मचारीहरु पनि हुनुहुन्छ । २४ सै घण्टा उनीहरुले सेवा दिइराख्नु भएको छ ।
१ण् जना डाक्टरहरुलाई निशुल्क फाने गरेर घरमै बसेर थप बुझ्न पनि सक्नुहुनेछ । जति बेला शंका लाग्छ त्यतिबेला फोन गरेर सोध्नसक्नुहुन्छ ।
९८५५०१९१६०, ९८५५०१९१६१, ९८५५०१९१६२, ९८५५०१९१६३, ९८५५०१९१६४, ९८५५०१९१६५, ९८५५०१९१६६, ९८५५०१९१६७, ९८५५०१९१६८, ९८५५०१९१६९, ९८५५०१९१७०, ९८५५०१९१७१ र ९८५५०१९१७२ हो टोल फ्रि नम्बर ।
यस्ते चितवन जिल्लामा फिबर क्लिनिक पनि सञ्चालनमा ल्याएका छौं । वडाका विभिन्न स्वास्थ्य चौकीहरुमा पनि सञ्चालनमा छ । त्यस्तो खालका बिरामी देखियो भने सम्बन्धित वडामा रहेको स्वास्थ्य चौकीमा पनि चेकजाँच हुने गर्छ ।
शकास्पद हो,होइन त्यहाँबाट पनि भेरिफाई हुन्छ । त्यहाँबाट भेरिफाइ भएपछि उहाँहरुलाई शंका लाग्यो भने यहाँ पठाउनुहुन्छ । विभिन्न अस्पतालहरुमा पनि फिबर क्लिनिक सञ्चालनमा छ । भरतपुर महानगरभित्र रहेका सबै स्वास्थ्य चौकीहरुमा पनि फिबर क्लिनिक अनिवार्य राख्नपर्ने हुन्छ ।
लकडाउनको अवस्था कस्तो छ ?
लकडाउन एकदम व्यवस्थित ढंगले छ । अलिकति बेलुकाको समयमा अघिपछि नेपाल बन्द जस्तो ठानेर ५ बजेसम्म कुरेर बस्ने ५ बजेपछि चाहिँ घर बाहिर निस्किने खालको छ भन्ने सूचना पाएको छु । त्यो पनि आजदेखि कन्टोलमा ल्याउँदैछौं ।
यो अस्पतालबाट अरु कुन कुन सेवा छ ?
यहाँबाट ओपिडी सेवा हुन्छ । पहिलो चेकजाँच हुन्छ । त्यसपछि आइसुलेसन हुन्छ । त्यसपछि एचडीओ र आइसीयू जस्ता सेवाहरु पनि सञ्चालनमा छ ।महानगरपालिकास्थित होटल संघले होटल क्वारेन्टाइन भनेर त्यसको एउटा कार्यदल पनि बनाइएको छ वडाअध्यक्षको नेतृत्वमा । जिल्ला प्रहरी कार्यालय, होटल व्यवासयी संघ र यहाँका सरोकारवाला पक्षहरु कार्यदलमा छन् ।
गठन गरिएको कार्यदलको काम क्वारेन्टाइन बनाउन मिल्ने ठाउँ खोजी गर्ने, ठाउँहरु पहिचान गर्ने र छनोट गर्नेजस्ता हो । १० नम्बर वडाका अध्यक्ष तथा महानगरका प्रवक्ता अरुणपुडित भण्डारीको संयोजकत्वा ९ सदस्यीय कार्यदल गठन भएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ