शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गम्भीर बनौँ, कोरोनाले यसरी ध्वस्त पारिदिन्छ मानिसको फोक्सो ! (भिडियो)

यसले सामाजिक दूरी र सेल्फआइसोलेसनको महत्त्वबोध गराउँछ
शुक्रबार, १४ चैत २०७६, १४ : ०८
शुक्रबार, १४ चैत २०७६

केही दिनअघिसम्म लक्षण नै नदेखाएका कोरोनाभाइरस संक्रमति मानिसको फोक्सो कस्तो छ भन्ने कुरा एउटा भिडियोले देखाएको छ ।

जर्ज वासिंगटन युनिभर्सिटी अस्पतालका थोरासिस सर्जन डा. केथ मोटम्यानले भनेका छन्ः अहिले ती बिरामीलाई कोभिड–१९ लागेको छ र उनको फोक्सोले राम्रो काम गर्न छोडिरहेको अवस्था छ ।

‘सामान्य अवस्थामा उच्च रक्तचापको समस्याबाहेक स्वस्थ रहेको ५९ वर्षीय ती बिरामीको फोक्सो निक्कै नष्ट भएको तस्विरहरुले देखाएको छ,’ मोर्टम्यान भन्छन् ।

गम्भीर अवस्था भएपछि ती बिरामीलाई अहिले श्वास फेर्न सजिलो होस् भनेर भेन्टिलेटरमा राखिएको छ । भेन्टिलेटरलाई अधिकतम क्षमतामा सञ्चालन गर्दा पनि त्यो पर्याप्त भइरहेको छैन । अलिे ती बिरामीलाई उसको रगतमा अक्सिजन आपूर्ति गर्नको लागि अर्को मेशिन चाहिएको छ,’ मोर्टम्यानले भनेका छन् ।

‘यो इम्युन सिस्टम कमजोर भएका, मधुमेह भएका ७०, ८० वर्ष उमेरका विरामीको केस होइन,’ मोर्टम्यभानले भनेका छन्, ‘रक्तचापबाहेक उनलाई अरु कुनै खासै बिरामी छैन । आफ्नै काममा मात्रै मग्न रहेन यी मानिसलाई पनि यस्तो देखियो‘ हामीले एक हप्तापछि ३६०भीआर स्क्यान गरेर हेर्यौँ भने, उनमा इन्फेक्सन र इन्फ्लेमेसनको प्रक्रिया झनै खराब ढङ्गले बढेको देखिने सम्भावना बढी छ ।’

भिडियोमा पहेलोले देखाइएको भागहरु फोक्साको संक्रमित र सुन्निएको भाग हो,’ मोर्टम्यान भन्छन्, ‘जब उसको फोक्सामा भाइरल इन्फेक्सन भयो, त्यो भागमा भाइरस पसेर बन्दा भयो । स्क्यानबाट प्रष्ट हुन्छ कि त्यो संक्रमण फोक्सोको एउटा भागमा मात्रै सीमित छैन, यसले दुबै फोक्सोको ठूलो हिस्सालाई प्रभावित गरेको छ । युवाहरुलाई नै पनि कति छिटो र खतरनाक ढंगले सङ्क्रमणले असर गर्छ भन्ने कुरा देखाउँछ । स्वस्थ फोक्सो भएको एउटा युवामा अहिले बिग्रेर पहेलो देखिएको छ,’ उनले भनेका छन्  । अहिले ती बिरामी अत्यन्तै गम्भीर अवस्थामा आइसीयूमा उपचाररत छन् ।

‘तीब्र रुपमा श्वासप्रश्वास फेल खाँदै गरेको बिरामीमा फाक्सो झनै छिटो र ठूलो मात्रामा फैलिन्छ भन्ने भिआर भिडियोमा देखिएको छ,’ मोर्टम्यानले इमलेमा भनेको छन्, ‘दुर्भाग्यवश, यस किसिमको नोक्सानी भएपछि फोक्सोहरु निको हुन निक्कै लामो समय लाग्ने गर्छ । तीमध्ये पनि कोभिड–१९ का २–४ प्रतिशत विरामीहरु (कतिमा विश्वास गर्नुहुन्छ भन्ने कुरा तपाईंमा भरपर्छ), मा त यो नोक्सानी ठीक गर्नै नसकिने खालका हुन्छन् तिनीहरु रोगमा परिणत हुन्छ ।’

प्रारम्भिक रुपमा कोरोनाभाइरसले श्वासप्रश्वासको समस्या गराउँछ । यो म्युकस मेम्ब्रान्समा पस्छ र त्यसैको माध्यबाट फोक्सोमा जान्छ । शरीरले चाहिँ यसलाई इन्फ्लेमेसनको तरिकाले नियन्त्रण गर्न खोज्छ,’ मोर्टम्यानले भनेका छन् ।

भिडियो हेर्नुहोस्

भिडियोमा देखिएका पहेला चिन्हहरु संक्रमण र इन्फ्लेमसेन दुवै हुन् । अतः शरीरले संक्रमणलाई निको पार्न खोज्दा धेरै नै इन्फ्लेमेसन पनि हुने गर्छ,’ मोर्टम्यान भन्छन् ।

त्यो इन्फ्लेमेसनले रगतमा अक्सिजन पु¥याउन र कार्बनडाइअक्साइड हटाउन बाधा पुर्याउँछ । त्यसले शरीरमा अक्सिजन र कार्बन डाइअक्साइडको आपूर्ति मिलाउने कोशिशकमा बिरामीलाई श्वास फेर्न नसक्ने गरी हिरिक्क हुने स्थिति पैदा हुन्छ ।

भिडियोमा देखिएका तस्विरहरुले के  देखायो भने, सामान्य लक्षणहरु –खोकी र श्वास फेर्नको कठिनाई–ले मात्रै शरीरमा भाइरसको असरलाई देखाउन सक्दैन ।

‘केही मानिसहरुमा त्यो क्षति फेरि पहिलेको अवस्थामा फर्काउनै नसकिने गरी हुन्छन् । यसले अमेरिकी जनताहरुमा सामाजिक दूरी र सेल्फआइसोलेसन जरुरी छ भन्ने कुराको महत्त्वबोध झनै बेसी गराउँछ,’ मोर्टम्यानले भनेका छन् ।

‘म चाहन्छु, जनताले यो हेरुन् र के गर्न सक्छु भनेर बुझुन्,’ मोर्टम्यान भन्छन्, ‘जनताले यसलाई गम्भीर रुपमा लिनु जरुरी छ ।’

अस्पतालले विशेषतः क्यान्सरको पहिचान गर्न र अपरेशनको योजना बनाउनको लागि सिटी इमेजिङ टेक्नोलोजीको प्रयोग गर्ने गर्छन् । कोरोनाभाइरसविरुद्ध लड्नको लागि अस्पतालले पहिलो पटक त्यो प्रविधिको उपयोग गरेको छ ।

‘हामीमध्ये धेरै, यो सवालमा अँध्यारोमा हिँडिरहेका छौँ,’ मोर्टम्यानले भन्का छन्, ‘त्यसकारण हामी यसलाई जति सक्दो बेसी बुझ्न चाहन्छौं । यो हाम्रो पहिलो बिरामी थियो तर म विश्वस्त छु, आगामी हप्ताहरुमा उनी जस्तै थुप्रै जना हुनेछन् ।’

स्रोत : सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप