शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीमा पत्रकारलाई उच्च सुरक्षा सतर्कता अप्नाउन अनुरोध

शुक्रबार, १४ चैत २०७६, १२ : ५२
शुक्रबार, १४ चैत २०७६

कैलाली । खुल्ला सिमानाकाका कारण सुदुरपश्चिम प्रदेशमा कोरोना भाईरसको जोखिम वढेको भन्दै आमपत्रकारलाई उच्च सुरक्षा सर्तकता अप्नाउन अनुरोध गरिएको छ । नेपाल पत्रकार महासंघ कैलालीले आज सार्वजनिक अपिल गर्दै पत्रकारलाई उच्च सुरक्षा सर्तकता अप्नाउन अनुरोध गरेको हो । फिल्डमा खटेर समाचार संकलन गर्ने पत्रकारहरुले उच्च सर्तकता अप्नाउन अपरिहार्य भएको महासंघले ठहर रहेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले जारी गरेको अपिलमा भनिएको छ ।  

पत्रकारको स्वास्थ्य सुरक्षाप्रति विशेष ध्यान दिन र स्वयम् उच्च सावधानी अपनाउन महासंघ सम्पूर्ण मिडिया हाउस र पत्रकारलाई अपिल गर्दछ । त्यसैगरी कोरोना संक्रमण रोकथामका लागी अबलम्वन गरेको लकडाउनमा सहयोग पुरयाउने दायित्व आम पत्रकारको हुन जान्छ, तसर्थ फिल्ड रिपोटिङ्गमा जाँदा समाचार शाखामा कार्यरत पत्रकारले मात्र सवारी साधनको प्रयोग गर्न र आवस्यतmा परेमा पत्रकारमहासंघसँग समन्वय गर्न समेत अपिलमा भनिएको छ । 

५ सय माक्स वितरण
नेपाल मुस्लिम संघले भारतबाट फर्किएका नेपालीका लागी ५०० माक्स वितरण गरेको छ । संघका प्रदेश अध्यक्ष सेख मुनिरले ५ सय माक्स वितरण गरेका हुन् । उक्त माक्स आज जिल्ला प्रहरी कार्यालयका प्रमुख सुदिप गिरीलाई हस्तान्तरण गरिएको उनले बताए । भोली क्वारेन्टाईनमा बसेकाहरुका लागि पनि खाधान्न सामाग्री वितरण गर्ने मुनिरले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप