शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनले राजस्व चुहावट  हुन पाएन

शुक्रबार, १४ चैत २०७६, १२ : ४७
शुक्रबार, १४ चैत २०७६

लक डाउनका कारण राजस्व अनुसन्धान विभागका कर्मचारीले पनि फुर्सद पाएका छन् । धेरैजसो कर्मचारी घरबाटै काम गर्न थालेका छन् ।

विभागका महानिर्देशक दीर्घराज मैनाली अहिले राजस्व चुहावटका घटना नघटेको बताउँछन् । उनले नयाँ चुहावटका केस नआएको बताए । ‘आवतजावत र सीमा नाका नै बन्द भएपछि राजस्व चुहावट नभएको हो,’ उनले भने । पछिल्लो समय राजस्व  चुहावटमा कमी आएको विभागको दाबी छ ।

नेपालमा कोभिड–१९ को संक्रमण रोक्न चैत १८ गतेसम्मलाई लक डाउनको घोषणा गरेको छ जसले सम्पूर्ण क्षेत्र प्रभावित बनेको छ । अहिले होटल, कलकारखाना, हवाइ सेवा, यातायात सेवा ठप्प छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप