बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घरमै बसेर कोरोनाबाट बच्न अभिनेता प्रदीपको आग्रह

शुक्रबार, १४ चैत २०७६, १२ : ४०
शुक्रबार, १४ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)सँग यतिबेला विश्व संघर्षरत छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत मंगलबारबाट देशभर ‘लकडाउन’ गरेको छ । सरकारले गरेको ‘लकडाउन’ को निर्णयलाई कलाकारले पनि साथ दिएका छन् । यो समयमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन धेरै सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई आग्रह गरिरहेका छन् । 

यस्तैमा पछिल्लो समयका हिट अभिनेता प्रदीप खड्काले पनि सरकारले गरेको ‘लकडाउन’ को निर्णयलाई स्वागत गर्दै सम्पूर्ण नेपालीलाई घरमै बसेर उच्च सर्तकता अपनाउन अपिल गरेका छन् । प्रदीपले एक भिडियो सन्देशमार्फत् उच्च सर्तकता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका हुन् । 

सन्देशमा प्रदीपले भनेका छन्, ‘यदी कसैलाई कोरोनाको लक्षण देखिएको छ भने सर्तक रहनुस् । आइसुलेसनमा बस्नुस् । अहिलेको अवस्थामा आफूले आफूलाई जोगाऊँ । भीडभाडबाट आफूलाई टाढा राख्नुहोस् ।’
‘लकडाउन’मा आफुले पनि परिवारसँग समय विताइरहेको बताएका प्रदीपले सर्वसाधारणलाई पनि परिवारसँग समय मिताउन र बाहिरका मानिससँग सम्पर्कमा नरहन अनुरोध गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप