बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरले ज्याला मजदुरी गर्नेलाई राहत दिने

शुक्रबार, १४ चैत २०७६, ११ : ५०
शुक्रबार, १४ चैत २०७६

काठमाडौ महानगरपालिकाले ज्याला मजदुरी गर्नेलाई राहत दिने भएको छ ।  कोरोनाभाइरसको संक्रमणको कारण भएको लकडाउनले मजदुरी गर्नेको बिचल्ली भएको समाचार आउन थालेपछि महानगरले त्यस्ता वर्गलाई राहत दिने भएको हो ।

महानगरले आफ्नो वडा अन्र्तगत ज्याला मजदुरी गर्ने, सडकमा बस्ने र घरबारबिहीनको लागि कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जम्मा भएको रकम खर्चगर्ने जनाएको छ ।  यसका लागि वडामा अति विपन्न र ६ महिनादेखि बस्दै आएको श्रमिक कामदारको विवरण संकलन गरी राहत दिने महानगरले उल्लेख गरेको छ ।

महानगरले कोरोना भाइरसको नियन्त्रणका लागि सुरु गरेको सरसफाई अभियानलाई अझै प्रभावकारी बनाउने र खाद्य पसलहरुलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था गर्ने निर्णय समेत गरिएकको छ ।

काठमाडौं महानगरभित्र नै हालसम्म कोरोना भाइरसको ३ वटा केस देखिएको छ । ती मध्ये सबैजना विदेशबाट फर्किएका हुन ्। त्यसैले महानगरले विदेशबाट फर्किएकाहरुको अभिलेख तयार गर्न र उनीहरुको अवस्थाका बारेमा विवरण महानगरलाई उपलब्ध गराउन समेत निर्देशन दिइएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप