कोरोना कोषमा बिओकेका सिइओ पन्तले एक महिनाको तलव सहयोग गर्ने
काठमाडौं– सरकारको कोरोनाभाइरस रोकथाम तथा उपचार कोषमा बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शोभनदेव पन्तले एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । कोरोना कोषमा सहयोग गर्ने पन्त पहिलो बैंकर हुन् ।
पन्तले एक विज्ञप्ती जारी गर्दै एक महिनाको तलब ५ लाख ५१ हजार ४ सय १३.९४ रुपैयाँ उक्त कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् । पन्तले कोरोनाभाइरसको महामारी रोकथाम तथा उपचारका लागि सहज होस भनेर सरकारले खडा गरेको कोषमा सवैले सक्दो सहयोग गर्नुपर्ने भएकाले आफूले सहयोगको हात बढाएको बताएका छन् ।
कोरोना संक्रमितको उपचारका लागि कर्पोरेट क्षेत्रले रकम जम्मा गरी सहयोग गर्नुपर्ने उनको धारणा छ । बैंक तथा अन्य कर्पोरेट क्षेत्रहरुले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोनाभाइरसका विरुद्ध काम गर्र्न र कोरोना उपचारका लागि चाहिने पीपीईलगायतका सामग्री उपलब्ध गराउन पन्तले कर्पोरेट क्षेत्रलाई आग्रह गरेका छन् ।
लकडाउनको समय र त्यसपछिको समयमा अत्यावश्यक सामग्रीको आपूर्तिमा निकै चुनौती भएको उल्लेख गर्दै यसमा पनि समस्या समाधान गरिनुपर्ने उनको सुझाव छ । उनले कोरोनाका कारण उत्पन्न हुन सक्ने वित्तीय संकट समाधान गर्नका लागि पनि कर्पोरेट क्षेत्रले अग्रसरता देखाउनुपर्नेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी