बस दुर्घटनामा सहचालकको मृत्यु
शुक्रबार, १४ चैत २०७६, ११ : ३०
बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी शारदा ८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २७ वर्षीय खेमराज बुढाथोकी र २८ वर्षीय थमन चलाउने घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडीको टायर मर्मत गर्ने क्रममा बस दुर्घटना भएको र सडकदेखि ५० मिटर तल खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा