शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छत्रकोट गाउँपालिकाले मजदुरहरुलाई खाद्यवस्तु उपलब्ध गराउने

शुक्रबार, १४ चैत २०७६, १० : ३६
शुक्रबार, १४ चैत २०७६

गुल्मी – कोरोना भाइरसको बिश्वव्यापी संक्रमणले नेपाली नागरिक पनि प्रभावित भईरहेको र  मुलुक लकडाउनका कारण विशेषगरि दिनभरी  मजदुरी गरेर छाक टार्ने गरेका मजदुर वर्गको समस्यालाई ध्यानमा राखी गुल्मीको छत्रकोट गाउँपालिकाले  वास्तविक समस्यामा परेका त्यस्ता परिवारलाई आधरभुत खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको छ ।

छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्णपन्तद्धारा हस्ताक्षरित विज्ञप्तीमा  यस्तो घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष पन्तले दैनिक मजदुरी गरेर गुजरा गरेका मजदुर वर्ग भोकमरीमा पर्न नपरोस् भनि आगमी १५ दिनका लागि चामल नुन , तेल जस्ता अत्याबश्यक खाद्य वस्तु वडाध्यक्ष मार्फत उपलब्ध गराउने निर्णय गरिएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) जिल्ला कमिटी अध्यक्ष समेत रहेका पन्तले मजदुर वर्गमा लक डाउनका कारण पर्न जाने यस्तो समस्या समधानका लागि सवै स्थानीय सरकार लाग्नु पर्ने सुझाव समेत दिए ।

उनले परिवार संख्याको आधारमा वितरण गरिेने बिशेष राहतका लागि छत्रकोट गाउँपालिकाका वडाध्यक्षहरु संग सम्पर्क राख्न अनुरोध गरेका छन् । त्यस्तै रेसुङ्खा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पनि नगरपालिका भित्रका मजदुरहरुलाई भोकमरीको समस्या हुन नदिने उद्घोष गरेका छन् ।

उनले बाटो खर्चको अभावमा सदरमुकामबाट घर जान नसेकेकाहरुलाई बाटो खर्च दिने र डेरा मै बसेर खाद्यन्न अभाव भएकाहरुलाई खाद्यन्न उपलब्ध गराउने बताएका छन् ।  

त्यस्तै गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले पनि बाणिज्य संघले अति मर्कामा परेका मजदुर वर्गलाई दालचामल उपलब्ध गराउने उद्घोष गरेका छन् । ‘कोही त्यस्तो समस्यामा परेको भए सुचित गर्नुहोस् भलामीले भने, ‘गुल्मी उद्योग बाणिज्य संघ कसैलाई पनि भोकै मर्न दिने छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप