कोइलाको टीका निधारमा लगाए कोरानाको संक्रमण हुँदैन भन्ने अफवाह फैलिएपछि जमिन खन्दै स्थानीय
कैलाली । कोरोनाभाइरसका कारण विश्व नै आतङ्कित भएका बेला सुदुरपश्चिमको टीकापुर लगायतका क्षेत्रमा भने नयाँ अफवाह फैलिएको छ । घरको दायाँपट्टी खनेर कोइला निकालेर टीका निधारमा लगाए कोरोनाभाइरसको संक्रमणबाट बच्न सकिने अफवाह फैलिएको हो ।
कैलाली जिल्लाको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोसीपुर गाउँपालिका, भजनी नगरपालिका लगायतका गाउँका बासिन्दामा यो अफवाह फैलिएको छ ।
बिहीबारबाट यो कुरा चर्चामा आएको हो । यो चर्चा कहाँबाट आयो भन्ने समेत कसैलाई जानकारी छैन । टीकापुर नगरपालिका–१ सतघरुवाका शिक्षक चित्रवहादुर चौधरीका अनुसार राति गाउँमा हल्ला हुन थालेपछि स्थानीय बासिन्दाहरु आफ्नो घरको क्षेत्रमा दाहिनेतर्फ जमिन खन्दै कोइला खोज्न थालेका थिए ।
टीकापुर क्षेत्रका अधिकांश पढे–लेखेकाले समेत कोइला खोज्ने र निधारमा लगाउने कार्य समेत गरेको पाइएको छ । टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं ९ का महेन्द्र बोहराले पनि सुनेकै आधारमा कोइला खनेर निधारमा लगाएको बताए । तर उनलाई समेत यो कुरा कहाँबाट आयो भन्ने जानकारी छैन ।
‘आफ्नै घरमा सुरक्षित बसेका छौँ । घरको दाहिनेतर्फ जमिन खनेर कोइला निकाल्ने र कोइलाको टीका लगाउदा कसैलाई नोक्सान समेत पुग्दै भन्ने सुन्यौँ । त्यसैले हामीले पनि कोइला निकालेर टिका लगायौँ,’ टीकापुर नगरपालिका वडा नं. १ का रामवहादुर रावलले बताए ।
टीकापुरका पत्रकार दीपेन्द्र भण्डारीले हिजो वेलुकाबाट शिक्षित व्यतिmहरुसमेत घरको दाहिनेतिर खनेर कोइला निकाल्दै निधारमा टीका लगाउने काम गरेको रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण