कोइलाको टीका निधारमा लगाए कोरानाको संक्रमण हुँदैन भन्ने अफवाह फैलिएपछि जमिन खन्दै स्थानीय

कैलाली । कोरोनाभाइरसका कारण विश्व नै आतङ्कित भएका बेला सुदुरपश्चिमको टीकापुर लगायतका क्षेत्रमा भने नयाँ अफवाह फैलिएको छ । घरको दायाँपट्टी खनेर कोइला निकालेर टीका निधारमा लगाए कोरोनाभाइरसको संक्रमणबाट बच्न सकिने अफवाह फैलिएको हो ।
कैलाली जिल्लाको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोसीपुर गाउँपालिका, भजनी नगरपालिका लगायतका गाउँका बासिन्दामा यो अफवाह फैलिएको छ ।
बिहीबारबाट यो कुरा चर्चामा आएको हो । यो चर्चा कहाँबाट आयो भन्ने समेत कसैलाई जानकारी छैन । टीकापुर नगरपालिका–१ सतघरुवाका शिक्षक चित्रवहादुर चौधरीका अनुसार राति गाउँमा हल्ला हुन थालेपछि स्थानीय बासिन्दाहरु आफ्नो घरको क्षेत्रमा दाहिनेतर्फ जमिन खन्दै कोइला खोज्न थालेका थिए ।
टीकापुर क्षेत्रका अधिकांश पढे–लेखेकाले समेत कोइला खोज्ने र निधारमा लगाउने कार्य समेत गरेको पाइएको छ । टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं ९ का महेन्द्र बोहराले पनि सुनेकै आधारमा कोइला खनेर निधारमा लगाएको बताए । तर उनलाई समेत यो कुरा कहाँबाट आयो भन्ने जानकारी छैन ।
‘आफ्नै घरमा सुरक्षित बसेका छौँ । घरको दाहिनेतर्फ जमिन खनेर कोइला निकाल्ने र कोइलाको टीका लगाउदा कसैलाई नोक्सान समेत पुग्दै भन्ने सुन्यौँ । त्यसैले हामीले पनि कोइला निकालेर टिका लगायौँ,’ टीकापुर नगरपालिका वडा नं. १ का रामवहादुर रावलले बताए ।
टीकापुरका पत्रकार दीपेन्द्र भण्डारीले हिजो वेलुकाबाट शिक्षित व्यतिmहरुसमेत घरको दाहिनेतिर खनेर कोइला निकाल्दै निधारमा टीका लगाउने काम गरेको रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित
-
कारागारमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना
-
अछाममा दृष्टिविहीन १६ वर्षीया किशोरीमाथि जबर्जस्तीकरणी, गर्भवती अवस्थामा फेला
-
नारायणी नदीमा डुबेर दिदी-भाइ बेपत्ता