कोरोना परीक्षण गरेको दाबी गर्दै आफन्त भेट्दै हिँड्छन् लाहुरे

प्यूठान - कोरोना भाइरस कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि यतिबेला प्यूठानका नौ वटै स्थानीय तहहरुले आफ्नो तयारी तीव्र पारेका छन् ।
प्यूठान जिल्लामा पछिल्लो केही समय यता अर्थात विभिन्न मुलुकमा कोरोना भाइरस फैलिएपछि करिब २ हजार ५ सय मानिस जिल्ला भित्रिएको पालिकाको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा धेरै स्वर्गद्धारी नगरपालिकामा ६ सय ९० जना आफ्नो गाउँ फर्किएका छन् । माण्डवी गाउँपालिकामा ५ सय ७० जना आएका छन् । त्यस्तै प्यूठान नगरपालिकामा ५ सय, ऐरावती गा.पा. मा २ सय ५०, सरुमारानी २ सय १३ जना भित्रिएको पालिका स्रोतले जानकारी दिएको छ ।
झिमरुक गाउँपालिका भने तथ्यांक संकलन गर्न बाँकी रहेको पालिका अध्यक्ष तिलक जिसीले बताए । ‘जनप्रतिनिधिहरुले तथ्यांक संकलन गर्दै छन्ं’– अध्यक्ष जिसीले भने–‘भारतबाट आएका केही युवाहरु अनुसाशनमा नबसेको गुनासो आएको छ त्यस विषयमा हामी छलफल गर्दैछौं ।’
गौमुखी गाउँपालिकामा अहिले सम्म ४० जना विदेशी भूमिबाट आफ्नो गाउँ आएको पालिकाका प्रेस संयोजक जोगिन्द्र मल्लले जानकारी गाराएका छन् । उनीहरु नेपाल लकडाउन नहुदैं घर आइपुगेको हुनाले क्वारेन्टाइनमा नराखिएको समेत उनले बताए ।
त्यस्तै नौ बहिनी र मल्लरानी गाउँ पालिकामा विदेशी भुमिबाट केही मानिसहरु आफ्नो घर आएको र तथ्यांक संकलन गरिरहेको पालिका स्रोतले जानकारी गराएको छ । कोरोना भाइरसले आक्रमण गरेपछि उपचार गर्नुभन्दा संक्रमित हुनुबाट बचाउनु सरकारको मुख्य लक्ष्य हो । यसरी गाउँ आएका युवाहरु घुमफिर गर्दै हिड्न थालेपछि संक्रमित व्यक्तिबाट महामारी फैलिन कुनै समय लाग्ने छैन ।
स्वास्थ्य परिक्षण गरेको दावी गर्दै गाउँ घुम्छन् युवाहरु
प्यूठान नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण भण्डारीका अनुसार पछिल्लो १२ यता ५५ जना मानिस भारतका विभिन्न ठाउँ र तेस्रो मुलुकहरु दुवइ, फ्रान्स र साउदी बाट गाउँ आएका छन् ।
धेरै जसो सेल्फ क्वारेन्टाइनमा बसेता पनि केही व्यक्तिहरुले आफुहरु स्वास्थ्य परिक्षण गरेर आएको र निरोगी भएको बताउदैं आफन्त भेट्दै हिड्ने गरेको वडा अध्यक्ष भण्डारीले बताए । घरमै बस्ने सल्लाह दिदां समेत उल्टै आफुलाई थर्काउने बताउदै शनिवार( भोली) माइकिङ गर्ने तयारी गरेको उनले जानकारी दिए ।
प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले यदी कोही संक्रमित बाहिरबाट आएको भए गाउँ नै ध्वस्त बनाइसकेको बताए । विदेशीमुलबाट आफ्नो घर आएका सबै जनालाई अनिवार्य क्वारेन्टाएइन राखिनु पर्ने भएता पनि त्यसो नगर्दा ठुलो क्षति हुन सक्ने उनी बताउछन् । अब क्वारेन्टाइन निर्माण गर्नु भन्दा पनि गाउँ बस्तीमा जनशक्ति परिचालन गरी स्वास्थ्य परिक्षण गर्नु पर्ने उनको भनाइ छ ।
तर, विदेशी भुमिबाट आएका स्थानीयवासीहरु गाउँगाउँ भौतारीदै आफन्तहरु भेट्दै हिडेको गुनासो आउने थालेका छन् । सेल्फ क्वारेन्टाइनमा बस्छौं भन्दै गाउँ गएका ति युवाहरु छरछिमेकीलाई भेट्दै हिँड्न थालेका हुन् । विदेशी भूमिबाट जिल्ला भित्रिएका सबै जनालाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र गाउँ पठाउने भनिएता पनि विदेशबाट आएका जति सिधै गाउँ जाने र आफन्त भेटघाट तथा घुमिफिरमै व्यस्त छन् ।
यता स्थानीय तहले आफ्नो पालिकामा बनाएका क्वारेन्टाइन भने रित्तै छन् । शहर भन्दै गाउँ असुरक्षित भएको भन्दै सामाजिक सञ्जालमा अशन्तुष्टि व्यक्त गर्नेको संख्या बढ्दै गएको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी नियुक्ति गरिनु संसद् विघटनभन्दा गम्भीर
-
बेशीसहरका नागरिकलाई अब बाह्रै महिना र २४ सै घण्टा शुद्ध खानेपानी - मन्त्री यादव
-
काठमाडौँमा एकदिने दक्षिण एसियाली किसान सम्मेलन हुने
-
बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु
-
मोदीसँग भेटका लागि पहल गर्दै परराष्ट्रमन्त्री राणा
-
नेपाल मधेसी निजामती कर्मचारी मञ्चको महाधिवेशन सर्यो