शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भाइरसको अत्यधिक परीक्षण गरिएको भन्ने ट्रम्पको दाबी साँचो हो ? यस्तो छ वास्तविकता

शुक्रबार, १४ चैत २०७६, ०८ : ५५
शुक्रबार, १४ चैत २०७६

कोरोना भाइरसको विषयमा अमेरिकी राष्ट्रपति आजकाल नयाँ–नयाँ दाबी गर्दै आएका छन् ।

एक नयाँ दाबी गर्दै उनले भनेका छन्, ‘अमेरिकाले संसारभरीको अन्य देशको तुलनामा कोरोना भाइरसको सबैभन्दा धेरै परीक्षण गरेको छ ।’

ट्रम्पको दाबी अनुसार यो मामलामा अमेरिकाले दक्षिण कोरियालाई पनि उछिनेको छ ।

बीबीसीले यो दाबीका साथै ट्रम्पले कोरोना भाइरससँग जोडिएका अन्य बयानको वास्तविकता के हो त्यसबारे जान्ने कोसिस गरेको छ ।

दाबी र वास्तविकताः

पहिलो दाबी – बुधबार ट्रम्पले ट्वीट गर्दै भने, ‘मलाई थाहा भएको छ कि अमेरिका कोरोनाको सबैभन्दा धेरै परीक्षण गर्ने देश बनेको छ । पछिल्लो ८ दिनमा हामीले त्यति परीक्षण गरेका छौं जति दक्षिण कोरियाले ८ हप्तामा गरेको छ ।’

अनुसन्धान – हालैको आँकडा अनुसार अमेरिकामा ३ लाख ५९ हजार १ सय ६१ जनाको परीक्षण गरिएको छ । यस्तै, कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार दक्षिण कोरियामा बुधबारसम्म ३ लाख ५७ हजार ८ सय ९६ जनाको परीक्षण गरिएको छ ।

अर्थात्, कूल परीक्षणको मामलामा दक्षिण कोरियाभन्दा अमेरिका केही अन्तरले अगाडि छ ।

तर जनसंख्याको हिसाबले अमेरिका दक्षिण कोरियाभन्दा अहिले पनि निकै पछि छ । अमेरिकाको कूल जनसंख्या ३७ करोड छ जबकि दक्षिण कोरियाको कूल जनसंख्या ५.१ करोड छ ।

यो हिसाबले अमेरिकाले एक हजार व्यक्तिमध्ये औसतमा एकजनाको परीक्षण गरेको छ जबकी दक्षिण कोरियामा हरेक १ सय ५० व्यक्तिमध्ये एकको परीक्षण गरिएको छ ।

यस्तोमा दक्षिण कोरिया अन्य देशको तुलनामा निकै उत्कृष्ट र अगाडि छ ।

अमेरिका र दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणको पहिलो घटना जनवरी महिनामा एकैदिन सार्वजनिक भएको थियो ।

परीक्षण किटको कमीः

ह्वाइट हाउसले मार्चमा देशमा परीक्षण किटको कमी भएको स्विकारेको छ । साथै विभिन्न अस्पतालबाट पनि यस्तै प्रकारको कमीको खबर सार्वजनिक भएको छ । यद्यपि, हालका दिनमा अमेरिकामा कोरोना परीक्षण किटको संख्यामा निकै वृद्धि भएको कुरा साँचो हो ।

दोस्रो दाबीः

९ मार्चमा ट्रम्पले बयान दिए, ‘गत वर्ष ३७ हजार अमेरिकी जनताको सामान्य फ्लूका कारण मृत्यु भयो तर केही पनि बन्द भएन । जिन्दगी र अर्थव्यवस्था चलिरहनुपर्छ.... यसबारे सोच्नुहोस् ।’

अनुसन्धानः

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोलका अनुसार गत जाडोयाम अर्थात् अक्टोबर २०१९ देखि फेब्रुअरी २०२० सम्म फ्लूका कारण २६,३३९ देखि ५२,६६४ मानिसको मृत्यु भएको थियो । यसको औसत आँकडा ३४ हजार हो ।

यद्यपि, कोरोना भायरसजस्तो फ्लू कुनै पनि अन्य फ्लूभन्दा निकै तीब्र रुपमा फैलन्छ । साथै यसका लागि कुनै खोप उपलब्ध नहुँदा पनि यसले निकै खतरा निम्त्याएको छ ।

सामान्य फ्लूको मृत्युदर ०.१ प्रतिशत हुन्छ तर कोरोनाको मृत्युदर यसको तुलनामा निकै भयानक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप